भारत गएका प्रचण्डलाई एयरपोर्टमै कालोझण्डा
बैशाख १४ । चीन लगत्तै भारत भ्रमणमा दिल्ली पुगेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एयरपोर्टमै कालो झण्डा देखाइएको छ।
कृष्णबहादुर महरा, प्रचण्ड पत्नी सीता दाहाल र सहयोगी शिव खकुरेलसहित दिल्ली पुगेका उनीहरुलाई दिल्लीमा चुनावको अगाडि राष्ट्रघाती सोच लिएर भ्रमण गर्न लागेको भन्दै विरोध गरिएको हो । सो क्रममा कालो झण्डा समेत प्रदर्शन गरिएको थियो ।
विरोध प्रदर्शन गर्दै अखिल भारत नेपाली एकता मञ्च र नेपाली प्रगतिशील विद्यार्थी मञ्च भारतले कालो झण्डा देखाएका थिए । अखिल भारत नेपाली एकता मञ्चका उपाध्यक्ष मोति गौतमको नेतृत्वमा इन्दिरा गान्धी एअरपोर्टमा विरोध भएको थियो । सो चर्को विरोध खेपेका प्रचण्डले जबरजस्ती बाहिरिन खोज्दा दुई जना मानिसलाई ठक्कर दिएर घाइते बनाएका छन् । ठक्करबाट विष्णु केसी र हिरालाल विक घाइते भएका छन् ।
आफ्नो भ्रमणको पहिलो दिन प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहसँगको भेटवार्ता गरेर आफ्नो नयाँ दिल्लीको राजनीतिक भेटवार्ता सुरू गर्ने भएका छन् । भाजपा अध्यक्ष सिंहले प्रचण्डको सम्मानमा आफ्नै निवासमा रात्री भोजको आयोजना गरेको बताइएको छ ।
भाजपा विदेश विभाग प्रमुख विजय जोलीले भारतीय जनता पार्टी एकीकृत नेकपा माओवादीसँग सम्बन्ध सुधार गर्न तयार भएको बताएका छन् । उनले नेपालको स्थायित्वमा भारतको पनि हित भएको भन्दै दुई पार्टीका शीर्ष नेताहरूबीच नेपालको राजनीतिक स्थायित्व, संविधानसभाको निर्वाचनसहित सबै राजनीतिक विषयवस्तुमा कुराकानी हुने दाबी गरेका छन् ।

प्रकाशित मिति:
April 27, 2013