इरान, पाकिस्तान कतार क्षेत्रमा विशाल भुकम्प, ४० को मृत्यु, सयौँ घाइते (भिडियोसहित)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjT1Bwt3uSnhzPiowtRvPgC75d9JSaHwB8SBsBrTnEuINMeKrb1iLnbX7hyphenhyphenCA-SeZrFvBzwNEZGjDArEnfpOciL1uG1BLHpafd9vekjki6yCIH44-y0mRgM6tYMqPqZTeMGQjscGgFijnkg/s320/earthquick.jpg)
इरान र पाकिस्तानको सीमा नजिकै भूकम्पले केन्द्र बिन्दु बनाएर गएको मेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
भूकम्पको झट्का उत्तरी भारत, पाकिस्तान, अफगानिस्तान लगायत पश्चिम एशियासम्म महसुस गरिएको सम्बन्धित देशका सञ्चारमाध्यमहरुले खबर सार्वजनिक गरेका छन् ।
भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आईनसके पनि कम्तिमा पनि ४० जनाको मृत्यु भएको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भूकम्पबाट त्यहाँ थुप्रै घाइते भएको बताइएको छ ।
भूकम्प प्रभावित क्षेत्र सञ्चारबाट बिच्छेद भएको छ भने उद्दार तथा राहत टोली खटिएको बताइएको छ ।
प्रकाशित मिति:
April 16, 2013