अमेरिकाको लडाकु हेलिकप्टर उत्तर कोरिया सिमाको क्षेत्रमा दुर्घटनाग्रस्त
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhp_oTUl2gu8zYyB95oRBfw1Css1vKhgnOpKMV15ZIWp0FlJoVVfUjHbshl_k-SJud8tNA9NcZ9-iWCbMumIGtpq5DrA8CrvizBup4-KQIMmvzlUKI6uFWrEh5_dwi0r2EZtYn3ttapTHYu/s320/america.jpg)
हेलिकप्टरमा ३ जना चालकदलका सदस्य र १३ जना अन्य सैनिक रहेको र कुनै मानविय क्षति भने नभएको बताइएको छ ।
उक्त हेलिकप्टर दुर्घटनाको कारण भने खुलेको छैन । दक्षिण कोरियासँग संयुक्त रूपमा तालिम गर्दै आएको अमेरिकाको उक्त हेलिकप्टर दुर्घटनामा परेको हो ।
तनाबका बेला सिमा क्षेत्रमा हेलिकप्टर आएकाले उत्तरले नै खसालेको त होइन भनेर शंका गरिए पनि त्यसको पुष्टि भएको छैन ।
प्रकाशित मिति:
April 16, 2013