जेठ १६ । ताप्लेजुङ कारागारमा कैदी तथा थुनुवाले महिनौंअघिदेखि मोबाइल फोन प्रयोग गर्ने गरेको रहस्य खुलेको छ ।
चौकीदार र कैदीबीच मनमुटाव हुँदा कारागारभित्र मोबाइल फोन प्रयोग हुने गरेको तथ्य बाहिर आएको हो ।
चौकीदार अरुण गिरीसँग असन्तुष्ट पक्षले कारागार सुरक्षामा खटिएका प्रहरीलाई फोनको बारेमा जानकारी गराएको कारागारका जेलर बालकृष्ण गुरागाइले बताए ।
सुरक्षाकर्मीलाई जानकारी गराएको थाहा पाएपछि गिरी र कैदीबीच बुधबार बिहान कारागारभित्र विवाद चर्किएको थियो । स्थिति तनावग्रस्त बनेपछि सोधपूछ गर्दा दुईवटा मोबाइल सेट फेला परेको जेलर गुरागाईंले जानकारी दिए ।
दुवै पक्षलाई राखेर केरकार गर्दा नमस्तेको सिमसहित मोबाइल सेट फेला परेको हो । मोबाइल सेट र सिम कसको भनेर धेरैवेर सोधपूछ गर्दासमेत उनीहरूले खुलाएनन् । मेलमिलाप हुँदा पालैपालो फोन प्रयोग गर्ने गरेको कैदीहरूले स्वीकार गरेका छन् । तर केही कैदीको मोबाइल सेट गिरीले खोसेर लगी नष्ट गरेकाले उनीसँग चिढिएको पुष्टि भएको छ ।
Powered by Blogger.
मोबाइल फोनका कारण कारागारमा झगडा
प्रकाशित मिति:
May 29, 2013