इन्डियन प्रिमियरको उपाधी यसरी चुम्यो मुम्बईले
जेठ १३ । भारतमा गएराति सम्पन्न छैठौं सस्करणको इन्डियन प्रिमियर लिगको उपाधि मुम्बई इन्डियन्सले जितेको छ ।
गएराती भएको फाइलन खेलमा दुई पटकको विजेता चेन्नई सुपरकिङ्सलाई २३ रनले हराउँदै मुम्बइले पहिलो पटक उपाधी चुमेको हो ।
गएराती कोलकाताको इडेन गार्डेनमा भएको खेलमा टस जिती पहिले व्याटिङ गरेको मुम्बइले खराब सुरुआत गरेपनि सानदार व्याटिङ गर्दै म्यान अफ दी म्याच मुम्बइका किरोन पोलार्डले ३२ बलमा ६० रनको मदतले निर्धारीत २० ओभरको खेलमा ९ विकेट गुमाउदै १ सय ४८ रन बनाएका थिए उनले ३२ बलमा ३ छक्का र ७ चौका प्रहार गरे । यस्तै दिनेश कार्तिक २१, अब्बाती रायडु ३७, हरबजन सिंह १४ रन बनाए । दुईपटक फाइनल पुगेको मुम्बईले पहिलो पटक उपाधि जितेको हो ।
चेन्नईका ड्वेन ब्राभोले सर्वाधिक ४ विकेट लिए यस्तै अल्वाइ मोर्केलले २ तथा मोहीत शर्मा र च्रिस मोरीसले १ एक विकेट लिएका थिए ।
१ सय ४९ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको चेन्नईले पनि खराब सुरुवात गरको थियो । कप्तान महेन्द्रसिंह धोनी , मुरली विजय १८ ड्वेन ब्राभो १५ अल्विक मोर्केल १० बाहेक अरु कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन् जसको कारण चेन्नई सुपरकिङ्सल उपाधी रक्षा गर्न असफल भयो । २० ओभरको खेलमा ९ विकेट गुमाउदै १ सय २५ रन मात्र बनाउन सक्यो ।
मुम्बई जिताउनका लागि लासिथ मालिंगा, हरभजन सिंह र मिचेल जोनसनले दुई दुई विकेट लिएका थिए भने प्रज्ञान ओझा रिसी दावन र किरेन पोलार्डले एक एक विकेट लिए सफल भएका थिए ।
मुम्बईले उपाधिसंगै १० करोड भारतीय रुपैयाँ जितेको छ भने चेन्नईले सात करोड ५० लाखमा चित्त बुझाएको छ।
यसैबिच टिम क्यापटेन सचिन तेन्दुल्लुलकरले मुम्बई इन्डियन्सका आइपिएलबाट अब सन्यास लिएका छन। मुम्बईले उपाधि जितेसंगै उनले आफ्नो लागि यो नै अन्तिम आइपिएल भएको प्रतिक्रिया दिए सचिनले भने ‘म ४० वर्ष भइसकेँ, अब यो स्वीकार गर्नैपर्छ, मैले निर्णय गरिसकेँ, यो नै मेरो अन्तिम सिजन हो’ । यो नै मेरो सफलताको लागि उपयुक्क्त समय हो भन्दै टिम लाई सपोर्ट गर्ने सबैलाई धन्यवाद दिए ।

प्रकाशित मिति:
May 27, 2013