१२ घण्टासम्म ठमेलमा दन्किरह्यो आगो
जेठ ३ । राजधानीको ठमेलमा बिहीबार राति लागेको आगो १२ घण्टापछि मात्रै नियन्त्रणमा आएको छ ।
आगो लागेको भवनको भग्नावेशबाट भने अझैपनि धुवाँ आइरहेको छ । आगलागीलाई पूर्णरुपमा नियन्त्रणमा लिन दमकलको सहायतामा अझै अग्निनियन्त्रक र सुरक्षाकर्मी खटिरहेका छन् ।
साँघुरो सडक, पानीको अभाव र सुरुमा प्रयोग गरिएका दमकलको सेवा प्रभावकारी हुन नसक्दा आगो नियन्त्रणमा कठिनाइ भएको हो ।
ठमेलको मुख्यभागमा रहेको जी एस कम्ल्पेक्ससँग जोडिएको फेसेस लाउन्ज रेस्टुरेन्टमा विद्युत् सर्ट भएर गएराति ९:३० बजे सुरु भएको आगलागी त्यहाँ राखिएको ग्यास सिलिन्डर विष्फोटनपछि अरु फैलिएको थियो ।
आगलागी सुरु हुनासाथ रेस्टुरेन्टमा रहेका जनशक्तिले त्यहाँ राखिएको आगो निभाउने सिलिन्डर र पानी प्रयोग गरेर निभाउने प्रयास गरेका थिए ।
तर उनीहरुको प्रयास सफल हुन सकेन । आगो झन्झन् फैलँदै गयो । आगलागी सुरु भएको पन्ध्र मिनेटमै पुगेको दमकलको सेवासमेत प्रभावकारी हुन नसकेका कारण समयमा आगो नियन्त्रण हुनुको साटो झन् बढी फैलँदै गएको स्थानीयवासीले गुनासो पोखे ।
सुझबुझ र कार्ययोजनाका साथ आगलागी नियन्त्रणको प्रयास नगरिएको भए अझ धेरै ठूलो जनधन क्षति हुने एक प्रहरी अधिकृतले बताए ।
शेरबहादुर शाही र उनका भतिजा मनोज शाहीको घरभाडामा लिएर छाउनीका राम गिरीले एक वर्षअघिदेखि फेसेस लाउन्ज रेस्टुुरेन्ट सञ्चालन गर्दै आएका थिए ।
सोही रेस्टुरेन्टबाट फैलिएको आगोबाट सो भवनमा रहेको पुस्तक पसल, अरु रेस्टुरेन्ट, कफी पसल, थान्का पसल तथा निर्यातजन्य सामग्री रहेका पसल, ट्राभल्स तथा टे«किङ पसललगायत २० वटा पसलमा नोक्सानी पुगेको छ ।
आगलागीबाट करिब रु २० करोड मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीबाट खासगरी फेसेस लाउन्ज रेस्टुरेन्ट, पिल्ग्रिमस् पुस्तक पसल र रेस्टुरेन्ट, सिसाबार टेरेस क्याफे, वान्थाई रेस्टुरेन्टमा बढी क्षति पुगेको राससले उल्लेख गरेको छ ।
आगालागीबाट आफ्नो रेस्टुरेन्टको करिब डेढ करोड मूल्य बराबरको क्षति भएको फेसेसका सञ्चालक राम गिरीले जानकारी दिनुभयो ।
पिल्ग्रिमस् बुक्स हाउस राजधानीको प्रशिद्ध पुस्तक पसल हो । सो पुस्तक पसलमा रहेका विश्व प्रशिद्ध पुस्तकहरु समेत आगोलागीमा परेर डढेका छन् । पुस्तक पसलनजिक रहेको सडकभरि जलेका पुस्तकका झुराहरु यत्रतत्र छरिएको अवस्था रहेका छन् ।
आगलागी नियन्त्रणका लागि काठमाडाँै, भक्तपुर र ललितपुरका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दमकलसमेत प्रयोग गरिएको थियो ।
आगो निभाउन स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अग्नि नियन्त्रक खटिएका थिए । आगलागीका कारण त्यसभेगका स्थानीयवासी रातभर त्रसित रहे ।
आगलागीबाट भएको क्षतिबारे जानकारी लिन सुरक्षा निकायका उच्चअधिकारी तथा काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी घटनास्थल पुगेका थिए । आगालागीबारे जानकारी लिन स्थानीयवासीको ठूलो सङ्ख्यामा भीड लागेको थियो । तस्वीर: अनलाइन खबर

प्रकाशित मिति:
May 17, 2013