जेठ १३ । जिल्लाको मारेककटहरे गाविसस्थित लेगुवा खोला लघु जलविद्युत् आयोजनाको कुलो पहिरोले भत्काएपछि लामो समयदेखि सञ्चालनमा आउन सकेको छैन । भत्किएको महेन्द्र कुलो आर्थिक अभावमा मर्मत नहुँदा करोडौँको आयोजना अलपत्र बनेको छ ।
दुई वर्षअघि निर्माण सम्पन्न भएको आयोजनाको कुलो सोही वर्ष भत्किएपछि आर्थिक अभावले अहिलेसम्म मर्मत गर्न नसकिएको आयोजनाका अध्यक्ष धनबहादुर कुँवरले बताए ।
तीन सय मिटरभन्दा बढी भत्किएको कुलोको मर्मतका लागि रु १८ लाख खर्च लाग्ने कुँवरको भनाइ छ । आयोजना सञ्चालनमा नआउँदा पानी झार्न प्रयोग गरिने पाइप र विद्युत् उत्पादन गर्ने मेसिनमा समेत खिया लाग्न थालेको स्थानीयवासीले बताएका छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट रु ५० लाख अनुदान, सेयर धनीबाट रु १६ लाख र स्थानीय श्रमदान गरेर रु एक करोड चार लाखको लागतमा सो आयोजना सम्पन्न भएको थियो ।
आयोजनाका लागि १३ जना सेयर धनीले कृषि विकास बैंकबाट रु १६ लाख लिएको ऋणको ब्याजमात्रै रु पाँच लाख पुगिसकेको उक्त आयोजनाका पूर्व अध्यक्ष नारद कटुवालले बताउनुभयो ।
कुलो मर्मत नहँुदा मारेककटहरे गाविस– ६, ७, ८ र ९ का पाँच हजार रोपनी खेत बाँझिएको जनाएको छ ।
Powered by Blogger.
कुलो भत्किँदा करोडौँको आयोजना अलपत्र
प्रकाशित मिति:
May 27, 2013