जेठ १३ । ०५९ जेठ १३ गते तत्कालीन प्रतिक्रियावादी शासकले इच्छुकलाई निर्ममतापूर्वक कुटेर हत्या गरिएका वरिष्ठ साहित्यकार एवं पत्रकार कृष्ण सेन ‘इच्छुक’ लाई हत्या गरिएको दिनको सम्झनामा आज बिहान प्रभात निकालिएको छ ।
काठमाडौंको शान्तिबाटिकाबाट प्रभातफेरि सुरु भई महेन्द्र पुलिस क्लबमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रभात फेरि एकीकृत नेकपा माओवादी निकट पत्रकार संघसंस्थाले पनि गरेका थिए भने नेकपा-माओवादी निकट पत्रकार संघ संस्थाले पनि एकै ठाउँबाट अघि पछि मात्रै निकालेका थिए ।
नेकपा माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघको प्रभात फेरिमा सेनकी जीवन संगिनी तक्मा केसी, उनकी छोरी तथा नेकपा माओवादी पोलिटब्यूरो सदस्य तथा पार्टी प्रवक्ता पम्फा भुषाल, केन्द्रिय सदस्य इश्वर चन्द्र ज्ञवालीका साथै थुप्रो संख्यामा पत्रकारहरुको उपस्थिति रहेको थियो भने उता एमाओवादी निकट प्रभात फेरिमा पातलो उपस्थितिका बीच कार्यक्रम गरिएको थियो ।
काठमाडौंको शान्तिबाटिकाबाट प्रभातफेरि सुरु भई महेन्द्र पुलिस क्लबकै अगाडी प्रभातफेरिलाई समापन गर्दै प्रवक्ता भुषासले सेनको सपना पूरा भईनसकेको र पूरा गरेरै छाड्ने बताइन् ।
प्रचण्ड पार्टीका मानिसहरुतिर संकेत गर्दै उनले सेनकै रगतमा टेकेर आएर अहिले केही मानिसहरुले गद्धारी गरेको भएको भन्दै उनको सपना पूरा गरेरै छाड्ने बताइन् ।
त्यस्तै, सेनकी जीवन संगिनी तक्मा केसीले सेनका सपना अझै पूरा भई नसकेको दुःख व्यक्त गरिन् । सेनका सपना साकार पार्ने काममा उनको सहादतलाई बजाएर खाने काम भन्दा पनि साँच्चै उनका सपना पूरा गर्न उनले सबैलाई सुझाव समेत दिइन् ।
आज बिहानैदेखि वर्षा भईरहेकाले प्रभातफेरि कार्यक्रम पनि वर्षामय भएको थियो । वर्षाकै बिच सिमसिम । हिलाम्मे सडकमा यसरी गरिएको थियो सेनको सम्झना फोटो फिचर हेर्नुहोस्:
प्रभात फेरिपछि इच्छुक सांस्कृतिक बलिदानी दिवस तथा स्रष्टा सम्मान समारोह कार्यक्रममा सेनको फोटोमा मुलमाला लगाउँदै जीवन साथी तम्का केसी । |