उमेश निउरे, दोहा । दाङ देउखुरी प्रवासी सेवा समाज कतारका पदाधिकारीहरुले भेडी गोठ अवलोकन तथा दाङका बिर वहादुर ओली सँग भेटघाट गरेका छन् ।
समाजका महा–सचिव सुर्य सुवेदीको नेतृत्वमा गएको ३० जनाको टोलीले २४ मे का दिन दोहा देखी करीव १२० कि.मी. टाढा रहेको मजरा, भेडी गोठ अवलोकन तथा बिर वहादुर दाई भनेर चिनीने दाङका बिर वहादुर ओलीलाई भेटेका हुन् ओली विगत १२ वर्ष देखी नेपाल फर्केका छैनन् ।
उनि मरुभुमीको बिचमा भेडा गोठालोको रुपमा कार्यरत छन् ।
समाजका केन्द्रिय सदस्य वसन्तराज पुरी, नारायण वहादुर थापा, हेमन्त चौधरी, हेमराज वस्नेत, सह–कोषाध्यक्ष युद्घ वहादुर भुषाल लगायतले समाजको वारेमा प्रष्ट पारेका थिए भने महा–सचिव सुर्य सुवेदीले गर्मी बढेकोले फलफुल र जुस किनेर खानु होला भन्दै समाजको तर्फबाट करिब २००/– प्रदान गरी आउँदा दिनहरुमा समाजले सहयोग गरि रहने बताएका छन् ।
Powered by Blogger.
कतारमा रहेका दाङवासीहरुले बिर दाईलाई भेटे
प्रकाशित मिति:
May 27, 2013