सँधै सानो दल भईरहन मन हुनेद्धारा मात्रै थ्रेसहोल्डको विरोध : खनाल
जेठ ११ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले थ्रेसहोल्डले सानो दललाई ठूलो बन्न सहयोग पुर्याउने बताएका छन् ।
आफ्नै निवास निवास डल्लुमा आयोजित साक्षात्कार कार्यक्रममा उनले समानुपातिक प्रतिनिधित्वलाई थ्रेसहोल्डले प्रभाव नपार्ने भन्दै सधै सानो दल बनिरहन चाहनेले मात्रै थ्रेसहोल्डको विरोध गरेको गरेको बताए ।
उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका खनालले सरकार गठनको क्रममा भएको ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश कुनै पनि हालतमा खारेज हुन नसक्ने समेत बताए ।
विरोधमा रहेका दलहरुसंग छलफल गरी संसोधन गर्न भने तयार रहेको उनको भनाई छ ।
प्रकाशित मिति:
May 25, 2013