छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
बैशाख २४ । गएराति भएका अलगअलग सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
पूर्वी चितवनको वीरेन्द्रनगरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको र रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा अर्को एक जनाको मृत्यु भएको हो ।
राजविराजबाट नेपालगन्जतर्फ जान आउँदै गरेको ना३ख ७९६१ नम्बरको बसले वीरेन्द्रनगरको खुरखुरेमा ना११प ४५२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भण्डारा– २ का ४७ वर्षीय पूर्णबहादुर विक र भण्डारा– ७ का ५० वर्षीय सुकराम चौधरीको मृत्यु भएको हो ।
ठक्करपछि गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा पुरानो मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस्तै खैरहनीमा रोकी राखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा कठार– ८ का ३० वर्षीय शशी दराईको मृत्यु भएको छ । राति १०:३० बजेतिर दराई र सन्तोष लामा चढेको मोटरसाइकल खैरहनी– ५ सुर्तानामा ट्रयाक्टरमा ठोक्किएको थियो ।
दराईको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा मृत्यु भएको हो । घाइते लामाको भने भरतपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:
May 07, 2013