कांग्रेस एमालेसँगको वार्तामा संविधानको पनि ग्यारेन्टी गछौँ : गजुरेल
भदौ १ – एकीकृत नेकपा माओवादीका नेता हरिबोल गजुरेलले अब कांग्रेस एमालेसँग वार्ता गर्दा संविधान निर्माणको ग्यारेन्टी समेत गरिने गरी वार्ता गरिने बताएका छन् ।
यसअघि सेना समायोजनका विषयमा कांग्रेस एमालेको विश्वास गर्दा धोका पाएको उनको भनाई छ ।
एमाओवादीका मधेस ब्यूरो इन्चार्ज समेत रहेका गजुरेलले अब कांग्रेस एमालेसँग वार्ता गर्दा सरकार फेर्ने विषयमा मात्रै नगर्ने भन्दै सो महोत्तरीको सदरमुकाम जलेश्वर पुगेका गजुरेलले त्यहाँ पत्रकारहरुसँग यस्तो जनाएका हुन् ।
सो क्रममा उनले सरकार पक्षले गठन गरेको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा गठनले नेपाली राजनीतिमा नयाँ सम्भावनाको विकास गरेको समेत उल्लेख गरे ।
मोर्चाले संघीयता चाहने र नचाहनेबीच स्पष्ट भएको उनको भनाई छ । त्यहाँ गजुरेलले परिणामुखी सहमतिका लागि दबाब दिन पनि मोर्चाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
प्रकाशित मिति:
August 17, 2012