गौतम बुद्धपछि भारतद्धारा बेदव्यासको जन्मथलोबारे अर्को दुस्प्रचार (भिडियोसहित)
असार १५ । गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनेर विश्वभर गलत प्रचार गर्दै आएको भारतले नेपालको इतिहासमा धक्का पुग्ने गरी अर्को दुस्प्रचार गरेको छ ।
भारतले पछिल्लो समय महाभारत ४ बेद र १८ पुराणका रचैता बेदव्यास भारतमा जन्मीएको भन्दै इन्टरनेट मार्फत भ्रामक प्रचार गरीरहेको छ ।
बिश्व ब्य्खत धार्मिक ग्रन्थहरुमा समेत बेदव्यासको जन्म नेपालको तनहुँको दमौलीमा भएको भनेर स्पष्टसँग उल्लेख गरिए पनि भारतले विकी पीडिया लगायत अन्य भारतीय वेबसाइटमा बेदव्यासको जन्म भारतको कल्पीमा भएको भनेर गरिएको प्रचार भारतीय पक्षले बढाएर लगेका छन् ।
यसरी, नेपाली स्वाभिमान माथी नै धक्का लाग्ने गरी पटक पटक भारतीय पक्षले धावा बोल्दै आए पनि नेपाल सरकार भने चुप लागेर बस्ने गरेको छ ।
किन भारतीय पक्षबाट बारम्बार नेपाल, नेपाली जनता र यहाका सँस्कृति पुरातात्विक एबम इतीहासिक धरोहरमाथी धावा बोलिरहन्छ । एभिन्युज टेलिभिजनको कार्यक्रम खबर भित्रको खबर भिडियोमा हेर्नुहोस्:
प्रकाशित मिति:
June 29, 2013