४ लाखको मोबाइल बरामद
असार ५ । सिन्धुपाल्चोकको तातोपानीबाट काठमाडौँ आउँदैगरेको यात्रुवाहक बसबाट प्रहरीले मंगलबार १५५ थान चिनियाँ टेलिफोन मोबाइल धुलिखेलबाट बरामद गरेको छ ।
बा २ ख ६३५४ नम्बरको बसबाट बरामद गरिएको ती मोबाइलको बजारमूल्य रु तीन लाख ६६ हजार रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
ती मोबाइल बसमा कसले ल्यायो भन्ने खुल्न नसकेको बताइएको छ ।
प्रकाशित मिति:
June 19, 2013