• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, Prawas » नेपाली महिलाको बलात्कारपछि बेलायतमा हत्या, शव गहुँबारीमा फेला
नेपाली महिलाको बलात्कारपछि बेलायतमा हत्या, शव गहुँबारीमा फेला

जेठ २२ । बेलायतमा बस्दै आएकी एक नेपाली महिलाको बलात्कारपछि हत्या भएको छ ।

पाँचथर थर्पु– ६ स्थायी घर भएकी ४० वर्षीया कृष्णमाया माबोको बेलायतस्थित रेडिङ सहर नजिक आर्वरफिल्ड एरियामा बलात्कापछि हत्या गरिएको हो ।

गत आइतबार साँझ ६ बजे घरबाट हिंड्डुल गर्न निस्किएकी माबो मध्यरातसम्म घर नफर्किएपछि प्रहरीले गरिएको उजुरीका आधारमा प्रहरीले राति नै हेलिकप्टर र कुकुरको सहायतामा खोजी कार्य गरेको थियो । तर त्यो रात भने केही पत्ता लागेन ।

भोलिपल्ट सोमबार पुनः खोजी गर्दा घरबाट करिब दुई माइल टाढा रोविन हुड कोप्स्को गहुँबारीमा दिउँसो एक बजेतिर शव भेटिएको उनका श्रीमान ठालुमान माबोले बताएको कान्तिपुरको अनलाइन संस्करण इकान्तिपुरले उल्लेख गरेको छ ।

समाचार उल्लेख भए अनुसार ठालुमान ब्रिटिश आर्मीमा १६ वर्ष जागिर गरेर अवकासपछि हाल आर्मीकै एमपीजिएसमा कार्यरत छन् । उनका अनुसार, कृष्णमायाको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको छ । शव हाल रोयल बक्र्ससायर हस्पिटल रेडिङमा राखिएको छ ।

सन् २००० देखि बेलायत बस्दै आएकी कृष्णमायाका श्रीमान, एक छोरा र दुई छोरी छन् । त्यहाँको प्रहरीले हत्याको आशका एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताए पनि अन्य भने खुलाएका छैन ।

प्रकाशित मिति: June 05, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • Miss Nepal Payal Shakya 2004
  • आगलागीमा परी पैँतालीस लाखभन्दा बढीको क्षति
गृह पृष्ठ |