नेपालमा सुन ३ वर्ष अगाडीकै मूल्यमा
असार १४ । सुनको मूल्यमा अन्तर्राष्टिय बजारमा आएको उतारचढावलाई पछ्याउँदै नेपाली बजारमा पनि सुनको भाउ स्थिर हुन सकेको छैन ।
यसै क्रममा दुई दिन अगाडी ८५० ले घटेको सुनको भाउ हिजो भने डेढ सयले बढेको थियो । तर आज भने पुनः सुनको भाउ ४ सय रुपैयाँले घटेको छ । शुक्रबार नेपाली बजारमा प्रतितोला ४८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तीन वर्ष अघि सुनको भाउ ४८ हजारको पेरीफेरिमा हुने गरेकोमा पुनः अहिले आएर सोही मुल्यमा सुन पाउन थालिएको हो । यो हप्ताको सुरुको दिन आइतबार सुनको मूल्य ५० हजार ५०० रहेकोमा साताको अन्तिम दिन शुक्रबार सम्ममा २४ सयले घटी ४८ हजार १ सय मा झरेको हो ।
अन्तर्राष्ट्रिय बजारको सुनको भाउ र नेपालमा डलरको बिनियम दरमा उतारचढाव आएको कारणले गर्दा सुनको भाउमा लगातार ह्रास आएको हो ।
प्रकाशित मिति:
June 28, 2013