पानीको बहाव बढेपछि अरुण नदीमा फेरी बन्द
असार १० । पानीको बहाव बढेसँगै धनकुटा र भोजपुरको सीमावर्ती अरुण नदीमा लगाइएको फेरी बन्द भएको छ ।
फेरी बन्द भएपछि भोजपुर जिल्लामा दैनिक उपभोग्य सामग्री आयात तथा आवतजावतमा समस्या उत्पन्न भएको छ । फेरी बन्द हुँदा भोजपुरमा लगिने सामान महँगो ज्यालामा भरियामार्फत टाढाको झोलुङगे पुलबाट तार्ने गरेकोे लेगुवाका स्थानीय लालबहादुर तामाङले बताउनुभयो ।
अरुण नदीमा पक्की पुल नहुँदा फेरी भोजपुरका लागि सवारी साधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम हो । सो नदीमा निर्माणाधीन अवस्थामा रहेको पक्की पुल पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन ।
प्रकाशित मिति:
June 24, 2013