अहिलेसम्मको सबैभन्दा महंगोमा कुखुराको मासु
कात्तिक ५ । कुखुराको मासु अहिलेसम्मकै सबैभन्दा महंगोमा पुगेको छ । बर्डफ्लु संक्रमणले भक्तपुरसहित देशभर करिब २० लाख कुखुरा मारिएपछि मागअनुसार आपूर्ति हुन नसक्दा कुखुराको मूल्य सबैभन्दा महंगोमा पुगेको हो ।
राजधानीमा १ महिनायता कुखुराको मासु प्रतिकिलो २ सय १० रुपैयाँबाट बढेर हालसम्मकै सबैभन्दा महंगो दर ३ सय ४० रुपैयाँ पुगेको छ ।
बर्डफ्लु संक्रमणग्रस्त क्षेत्रमा ३ महिनासम्म कुखुरापालन गर्न नमिल्ने कानुनी व्यवस्थाका कारण उपत्यकामा थप कुखुरा उत्पादन हुने देखिएको छैन ।
दशैं लगत्तै आउने हिन्दुहरुको अर्को महान चाड तिहारमा कुखुराको मासु झनै आकासिने विश्लेषण गरिएको छ ।
बर्डफ्लु संक्रमणका कारण त्रस्त उपभोक्ताले बिस्तारै कुखुराको मासु उपभोग गर्न थालेपछि मूल्य बढेको राष्ट्रिय कुखुरा व्यवसायी संघले जनाएको छ ।

प्रकाशित मिति:
October 22, 2013