उद्योगहरुमा चौबिसै घन्टा नियमित विद्युत आपूर्ति
कात्तिक ५ । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा २४ घण्टा नै विद्युत आपूर्तिको तयारी थालेको छ ।
प्राधिकरणले दोब्बर महसुल लिएर ‘डेडिकेटेड फिडर’बाट चौबिसै घन्टा नियमित विद्युत आपूर्ति गर्न उद्योग प्रतिष्ठानबाट आशयपत्र मागेको हो ।
डेडिकेटेड फिडरबाट बिजुली लिन चाहने औद्योगिक, व्यापारिक र गैरव्यापारिक प्रतिष्ठानलाई १४ गतेसम्मको समयसीमा दिएको छ ।
टाइम अफ दि डे (टीओडी)’ आधारमा ३ श्रेणी बनाएर हालको भन्दा दोब्बर महसुल दर लिने प्राधिकरणको भनाई छ ।
हाल उद्योगले प्राधिकरणलाई ‘पिक टाइन’ (बेलुकी ५ देखि ११ बजेसम्म) मा प्रतियुनिट ७ रुपैयाँ ७५ पैसा, राति ११ देखि बिहान ५ बजेसम्म ३ रुपैयाँ ३० पैसा र सामान्य समय (बिहान ५ बजेदेखि साँझ ५ बजेृसम्म) ६ रुपैयाँ २५ पैसा महसुल तिर्दै आएको खबर कारोबारमा छ ।

प्रकाशित मिति:
October 22, 2013