भारतमा अलपत्र परेकाहरु फर्कने क्रम जारी
असार ८ । तिर्थयात्राको क्रममा उत्तराखण्डको बद्रीधाम क्षेत्रमा भिषण बाढीपहिरोका कारण अलपत्र परेका नेपाली तिर्थयात्रीहरु घर फर्कन थालेका छन् । भारतमा अलपत्र परेका मध्ये २९ जना कञ्चनपुरमा र २ सय ५० जना बाँके प्रशासनको सम्पर्कमा आइसकेका छन ।
चारधाम तिर्थयात्राका लागि जेठ १५ मा नेपालबाट निस्केका उनीहरु गंगासागरदेखि यमुनेत्री, गंगोत्री, केदारनाथ पुगेर बद्रीनाथ तर्फ गइरहेको अवस्थामा पाण्डुकेश्वर भन्ने ठाउँबाट उद्धार गरीएको बताए । भारतको चारधाममा झण्डै चार सय नेपाली अलपत्र परेको अनुमान उनिहरुले बताए ।
यस्तै, उत्तराखण्डको विभिन्न ठाउँमा बाढी पहिरोका कारण सडक अवरुद्ध भई फसेका नेपाली कामदारहरु पनि उद्धार पछि घर फर्कन थालेका छन् ।
यसैबीच भारतमा रहेको नेपाली दूतावासले समस्यामा परेका नेपाली तथा आफन्त र परिवारजनलाई आफूसित सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति:
June 22, 2013