• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » निगमद्वारा जहाज खरिद सम्झौता, विमानको मूल्य सात करोड पचास लाख डलर
निगमद्वारा जहाज खरिद सम्झौता, विमानको मूल्य सात करोड पचास लाख डलर

असार १४ । नेपाल वायुसेवा निगमले फ्रान्सको एयरबस निर्माता कम्पनीसंग बिहीबार दुई वटा न्यारोबडी एयरबस ए ३२०–२०० खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

ती विमानको अङ्कित मूल्य सात करोड पचास लाख अमेरिकी डलर(करिब रु सात अरब) कम्पनीले हाललाई तोकेको र सन् २०१५ को फेब्रुअरी र अप्रिलसम्ममा ती जहाज उपलब्ध गराइने सम्झौता निगमद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सो समझदारीपत्रमा निगमका तर्फबाट महाप्रबन्धक मदन खरेल एवं संस्थागत विभागका निर्देशक गणेशबहादुर चन्द र एयरबसका तर्फबाट वरिष्ठ बिक्री निर्देशक शिल शुक्ला र बिक्री सम्झौता निर्देशक रोव गर्डनले हस्ताक्षर गरेका थिए । निगमले ती जहाज खरिदका लागि हालै सरकारको जमानीमा कर्मचारी सञ्चय कोषबाट रु दस अर्ब ऋण लिएको छ ।

कार्यक्रममा महाप्रबन्धक खरेलले हाल सात करोड पचास लाख डलर तोकिए पनि विमान प्राप्त गर्दा अर्को मूल्य निर्धारण हुने र रु दस अर्बले नपुग भएमा थप ऋण लिनुपर्ने बताए । उनले डलरको मूल्य बढेकाले पनि केही नोक्सानी ब्यहोर्नुपर्छ भन्दै खरिदमा पारदर्शिता अपनाइने र कम्पनीले पनि अन्तर्राष्ट्रिय मापदण्डअनुरूप खरिद–बिक्री प्रक्रिया अगाडि बढाउने ग्यारेन्टी दिएको उल्लेख गरे ।

निगमको व्यवस्थापनमा क्रमिक सुधार गरी कार्ययोजनालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता गर्दै महाप्रबन्धक खरेलले यसै वर्षको नोभेम्बर महिनासम्ममा दुईवटा एयरबस ए ३२०–२०० भाडामा(ड्राइ लिज) ल्याउने लक्ष्य रहेको र पहिलो चरणमा टेन्डर खोलिएको बताए । यसअघि निगमले सन् १९८७ र १९८८ मा एक, एक बोइङ ७५७ खरिद गरेको थियो । निगमले ती विमान खरिदका लागि यसअघि कम्पनीलाई पाँच हजार अमेरिकी डलर अग्रिम रूपमा भुक्तानी गरी सकेको बताइएको छ । रासस

प्रकाशित मिति: June 27, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • आजको राशिफल 09 March 2013
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
गृह पृष्ठ |