११ जना बाहुन पढाएर किन बिहे गरिन् नायिका रेखाले
असार २८ । स्थान हो- काठमाडौको हाँडीगाउँ । जहाँ बरको रुख छ । त्यहाँ ११ जना बाहुन पनि थिए । सँगै थिइन् नायिका रेखा थापा । त्यहाँ पण्डित (बाहुन)हरुले जे जसो भनिरहेका थिए त्यसै त्यसै गरिरहेकी थिइन रेखाले पनि ।
माथि प्रस्तुत वाक्यहरु निर्माता छवि ओझासँग डिभोर्सपछि नायिका रेखा थापाले वरसँग बुधबार गरेको विवाहको हो ।
थापाले ११ जना पण्डित पढाएर विधि विधानपूर्ण वरको वृक्षसँग विवाह गरेकी छन् ।
छवि ओझासँग डिभोर्सपछि वरको वृक्षसँग किन विहे गरिन् त रेखाले भनेर कलिउड जगतमा यसले निक्कै चर्चा पिटेको छ । कतिपयले भने यसअघि एक कार्यक्रममा बिहे नगर्ने तर रेखा जन्माउने बताएपछि उनी एमाओवादीमा खुबै विवादित बनेकी थिइन् । त्यही विषयलाई डाइभर्ट गर्न उनले यसो गरेको हो समेत भन्ने गरिएको छ ।
तर उनकै भनाई मान्ने हो भने ज्योतिषीको सल्लाहमा यस्तो गरेकी हुन् । स्रोतका अनुसार उनले यसअघि ज्योतिषी कहाँ सल्लाह मागेकी थिइन । सो क्रममा ज्योतिषीले वरको वृक्षसँग विवाह गर्न सुझाव दिएपछि उनले यसो गरेकी हुन् ।
मांगलिक ग्रह काट्न ज्योतिषीले वरसँग विवाह गर्न भनेपछि ग्रह शान्तीको लागी भन्दै रेखाले विहे गरेकी हुन् ।
प्रकाशित मिति:
July 12, 2013