फेसबुक पेजमा लाइक लफडा, मुख्यमन्त्रीको टाउको दुखाई
असार । भारतको राजस्थानका मुख्यमन्त्री अशोक गहलोतलाई यतिबेला आफ्नो फेसबुक पेजमा लाइकरको विषयले टाउको दुख्न दुखेको छ ।
यतिसम्म कि यही विषयले गर्दा गर्दा उनीमाथि सामाजिक सञ्जालमा घोटाला गरेको त कतिले सरकारी ढुकुटी प्रयोग गरेको आरोप समेत लाग्यो ।
यही विषयले राजस्थानको फेसबुक भित्ताहरु निक्कै भरिएका पनि छन् । घटना केही दिन अघिको भएपनि चर्चा भने अहिले पनि पाउने गरेको छ यसैले ।
गहलोतको फेसबुकमा लाइकरहरुको संख्या जुन १ सम्म १ लाख ६० हजार ७७ थियो । तर ३० दिनपछि २ लाख १४ हजार छ सय ३९ नाघेपछि यो विषयले खुब चर्चा पाएको हो ।
अझ यहाँ भाजपालाई यो विषयले टाउको दुखाईको कारण के पनि छ भने भाजपा अध्यक्ष बसुन्धरा राजे महलोतसँग लाइक संख्यामा पछि पर्न गए त्यसपछि भने यो विषयले झनै चर्चा पाएको हो । भाजपा राजस्थानका भाजपा अध्यक्ष बसुन्धरा राजे सँग फेसबुक ‘लाइक’ मा पछि परेपछि मुख्यमन्त्री गहलोतले ‘लाइक’ खरीद गरेको जनाउँछ ।
टर्कीको आइटी कम्पनी सँग फेसबुकमा ‘लाइक’ खरीद गरेको आरोप लागेका महलोतको फेसबुकमा भने इस्तानबुलबाट ६३ हजार ४ सय ४० जनाले ‘लाइक’ गरेको तथ्य भाजपाले बाहिर ल्याईदिएको छ । यस कुराले भने उनले खरिद गरेको कुरा प्रष्टिन जान्छ ।
यसै विषयलाई लिएर काँग्रेसका नेता समेत रहेका मुख्यमन्त्री महलोतलाई जोडेर सामाजिक सञ्जालमा पनि काँग्रेसले घोटला गरेको, सरकारी ढुकुटी प्रयोग गरेको लगायतका विषय जोडेर प्रचार गरिरहेका छन् ।
यस्तो काम नेपालका नेताहरुमा भने भएको अहिलेसम्म पाइएको छैन । तर केही नेता तथा अलिक प्रतिष्ठित व्यक्तिहरुले भने फेसबुकमार्फत विज्ञापन गरेर लाइक बढाउने गरिरहेका छन् । नेपाली अनलाइन साइटहरुमा पनि फेसबुक संख्या बढी देखाएर पपुलर छु भन्ने देखाउन विज्ञापन गरेर लाइकर बढाउने चलन चल्दै आएको छ । - भारतीय मिडियामा आधारित
प्रकाशित मिति:
July 12, 2013