• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » छोरी खेलाउँदै, जहाज उडाउँदै
छोरी खेलाउँदै, जहाज उडाउँदै

असार ११ ।  जहाजको ककपिटमा को–को हुन्छन् ? पाइलट र इन्जिनियर। अनुमतिबिना एयरहोस्टेस पनि भित्र छिर्न पाउँदिनन्। छोरी अनधिकृत व्यक्ति लाई ककपिटमा राखेर जहाज उडाउँदा नेपाल वायुसेवा निगमका दुई पाइलट कारबाहीमा परेका छन्। निगमको अन्तर्राष्ट्रिय उडान गर्ने बोइङ ७५७–९एन एसिबीका ती दुई पाइलटलाई अनिश्चित समयसम्म उडान गर्न नपाउने गरी ग्राउन्डेडु गरिएको छ।

उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको आग्रहपछि राष्ट्रिय ध्वजाबाहक निगमले क्याप्टेन सुधीर राई र सोनी राणालाई यस्तो कारबाही गरेको  आजको नागरिकमा  समाचार  छ ।

 करिब तीन साताअघि मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउने क्रममा क्याप्टेन राई र राणाले आफैंले उडाएको उक्त जहाजको ककपिटमा राणाकी छोरी पनि थिइन्। घटनालाई निगम व्यवस्थापनले अहिलेसम्म गुपचुपु राख्न खोजेको थियो।

उडान सुरक्षामा खेलाँची गरेका कारण निगम व्यवस्थापनले क्याप्टेन राई र राणालाई ग्राउन्डेड गरेको छ,व्यवस्थापनले यसलाई गम्भीर रूपमा लिएको छ।

घटनाबारे अनुसन्धान गर्न नायब महाप्रबन्धक गणेश ठाकुरको संयोजकत्वमा समिति पनि गठन गरिएको छ। उडान अवधिमा राणाकी करिब १४ वर्षीया छोरीले जहाजको ककपिटबाट कम्तीमा चारपटक भित्र–बाहिर गरेकी थिइन्। जहाजलाई क्याप्टेन राईले कमान्ड गरेका थिए।

ती अधिकारीबाट घटनाबारे जानकारी पाएपछि प्राधिकरणले उडान सुरक्षामा गम्भीर त्रुटि गरेकाले क्याप्टेन राई र राणालाई कुनै पनि उडान गर्न नदिनू भन्दै वायुसेवा निगमलाई पत्र लेखेको थियो। त्यसपछि निगम व्यवस्थापनले दुवै क्याप्टेनलाई अनिश्चित समयसम्म उडान गर्न नपाउने गरी ग्राउन्डेड गरेको हो।

 जहाज कमान्ड गरिरहेका क्याप्टेन राईले पनि ककपिटमा क्याप्टेन राणाकी छोरीलाई प्रवेश गर्न नरोकेपछि उनीसमेत कारबाहीमा परेका हुन्। ककपिटमा अनधिकृत व्यक्ति प्रवेश गरेर कुनै उपकरण चलाइदियो भने जहाज दुर्घटना पनि हुन सक्छ निगम र अन्य अन्तर्राष्ट्रिय वायुसेवाको नियमअनुसार ककपिटभित्र पोसाक ९युनिफर्म० लगाएका र परिचयपत्र झुन्डाएका चालकदल (पाइलट) एयर होस्टेस, इन्जिनियरलगायत बाहेक अरू कोही पनि छिर्न पाउँदैन।

यस्तो नियम राम्ररी बुझेका अनुभवी क्याप्टेन राई र राणाले बेवास्ता गर्दा कारबाहीको भागी  भएका छन ।

प्रकाशित मिति: July 26, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |