भारतले बाँध खोलेकाले दार्चुलामा बाढी आयो : कांग्रेस प्रवक्ता
असार २० । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले भारतले धौलीगङ्गाको बाँध खोलेका कारण दार्चुलामा बाढी आएको दाबी गरेको छन् ।
भारतले धौलीगङ्गाको बाँध खोलेपछि महाकालीमा एक्कासि पानीको बहाव बढेकोले दार्चुलालगायत कञ्चनपुरमा क्षति भएको उनको भनाई छ ।
नेपाल प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस विषयमा दुवै देशका प्राविधिक सम्मिलित एक प्राविधक टोली बनाएर भौगर्भिक अध्ययन गनुपर्ने समेत बताए । भविष्यमा पुनः यस प्रकारको क्षति दोहरिन नदिनका लागि पनि समयमै यस कार्यको थालनी गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा उनले लोकतन्त्र बचाउन निर्वाचन अपरिहार्य भएको विचार समेत व्यक्त गरे ।
निर्वाचनको विरोधमा उत्रिएका केही दलहरु पनि अन्तत्वगत्वा निर्वाचनमा समाहित हुने भन्दै उनले चुनावका लागि सबै पार्टी तयार भइसकेको दाबी समेत गरे ।
प्रकाशित मिति:
July 04, 2013