• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » संविधानबाटै सबै कुरा निर्क्यौल : देउवा
संविधानबाटै सबै कुरा निर्क्यौल : देउवा

साउन ३ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपालका लागि छिमेकी मुलुक भारत, चीनलगायत अरु मित्रराष्ट्रहरुसँग सन्तुलन बनाई राख्ने परराष्ट्र नीतिको आवश्यकता रहेको बताएका छन् ।

विपी चिन्तन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित विचार गोष्ठीको उद्घाटन गर्दै नेता देउवाले दुई शक्ति राष्ट्र भारत र चीनबाट घेरिएको भूपरिवेष्ठित राष्ट्र नेपालले जल सम्पदाको समुचित प्रयोगबाट आर्थिक उन्नति गर्न ध्यान दिनुपर्ने बताए ।

उनले देशको स्वाधीनता र आर्थिक, सामाजिक उन्नतिका लागि जननिर्वाचित सरकारले धेरै काम गर्न सक्ने भएकाले संविधानसभाको निर्वाचनमा ध्यान केन्द्रित गर्न सबैसँग आग्रह गरे ।

नेता देउवाले भने– “संविधानसभाबाट बन्ने संविधानबाटै सबै कुरा निक्र्यौल हुनेछ । नेकपा–माओवादी पनि वार्ता गरी चुनाव आउनुको विकल्प छैन ।”

कार्यक्रममा राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय हित र सीमा सुरक्षामा चनाखो हुँदै मित्रराष्ट्रका स्वार्थलाई राम्ररी आँकलन मात्र गर्न सके पनि राष्ट्रिय जोगाउन कठिन नभएको विचार राखे ।

नेकपा (एमाले)का नेता घनश्याम भुसालले राष्ट्रिय हितका सवालमा राजनीतिक दलहरू एकीकृत हुनुपर्ने र गरिबीकै कारण पनि राष्ट्रियता कमजोर बनेका कारण देशलाई आर्थिक निर्भरतातर्फ लैजाने नीति, कार्यक्रम, कार्ययोजना र कार्यान्वयनको प्रतिबद्धता आवश्यक रहेको बताए ।

मधेसी जनअधिकार फोरम (नेपाल)का अध्यक्ष उपेन्द यादवले मधेसी, महिला, दलित र पिछडिएको वर्गलाई क्षमता विकासका लागि अवसर दिनुपर्ने पहिलो आवश्यकता रहेको तर्क राखे ।

विपी चिन्तन प्रतिष्ठानका सभापति हरिबोल भट्टराईको अध्यक्षतामा भएको विचार गोष्ठीमा नेपालको राष्ट्रियता र परराष्ट्र नीतिका विषयमा प्रा. जयराज आचार्य र प्रजातान्त्रिक समाजवाद तथा यसको सान्दर्भिकताका विषयमा डा. रामप्रसाद ज्ञवालीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: July 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |