स्वतन्त्र र निष्पक्ष ढंगले नेपालमा चुनाव होस : खुर्सिद
असार २५ । भारतीय विदेश मन्त्री सलमान खुर्सिदले आफू नेपालमा हुन गईरहेको संविधानसभाको स्वतन्त्र र निष्पक्ष ढंगले नेपालमा चुनाव होस भन्ने भारतको चाहना भएको बताए ।
कुनै औपचारिक एजेन्डाका लागि आएको होइन, उनले भने निर्वाचनका लागि भारतको सदभाव र सुभेच्छा दिन आएको हुँ ।
आज नौँ बजे नेपालमा आईपुगेका उनी आजै नौँ घण्टापछि स्वदेश फर्कने भएका छन् ।
नयाँदिल्लीमा अति महत्वपूर्ण कार्य सम्पादन गर्नुपर्ने भएकाले आजै उनी फर्कने बताइए पनि अदालतले भारतलाई अन्तराष्टिय विमानस्थल आधुनिकरणको जिम्मा नदिनु भनेर आदेश दिनु, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति सुशिल कोइराला तथा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण पनि विदेशमा रहेपछि उनको अपमान जस्तै भएकाले उनी आजै फर्कन लागेको स्रोतको दाबी छ ।
नेपाल रहँदा भने उनले नेपाली समकक्षी घिमिरेसँग शिष्टाचार भेटवार्ता गरेपछि १० बजे प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । दुबै मुलुकका परराष्ट्रमन्त्रीको नेतृत्वमा परराष्ट्र मन्त्रालयमा हुने वार्तामा आपसी हित र चासोका विविधि विषयका छलफल हुने बताइएको छ ।
नेपाल–भारत मन्त्रीस्तरीय वार्तापछि विदेशमन्त्री खुर्सिद मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटेर राष्ट्रपति डा. रामवरण यादवसँग शिष्टाचार भेट गर्न राष्ट्रपति कार्यालय पुग्नेछन् । त्यसपछि मन्त्री घिमिरेले आयोजना गर्ने दिवाभोजमा उनी सहभागी हुने बताइएको छ ।
उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग छुट्टाछुटटै भेट गर्ने कार्यक्रम समेत रहेको छ ।
काठमाडौंमा खुर्सिदको ९ घण्टे तालिका यस प्रकार रहेको छ:
९ बजे– काठमाडौं आइपुग्ने
९.४५ देखि १०.१५– मन्त्रीस्तरीय वार्ता, सिंहदरबार
१०.४५ देखि ११.१५– मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग भेटवार्ता, सिंहदरबार
११.४५ देखि १२.१५– राष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता, शीतल निवास
१२.४५ देखि १.१५– गृहमन्त्री माधव घिमिरेले राखेको दिवा भोजमा सरिक हुने, होटल याक एण्ड यति
१.४५ देखि ५.४५– विभिन्न शीर्ष नेताखहरुसँग उच्चस्तरीय राजनीतिक भेटवार्ता, द्वारिका होटल
बेलुकी ६ बजे– विमानस्थलबाट भारत उड्ने

प्रकाशित मिति:
July 09, 2013