७ लाखको बाइकमा प्रेमीकालाई घुमाउने हमालको रहर
असार २४ । कुनै चलचित्र सम्बद्ध कार्यक्रम भने थिएन । र कुनै फिल्मको सुटिंग पनि होइन । तर महानायक राजेश हमाल सोमबार थापाथलीमा पुगेका थिए ।
कार्यक्रम थियो एक सुजुकी बाइकको नयाँ सोरुमको उद्घाटन । उदघाटनमा निम्त्याइएको रहेछ- उनै महानायक र गायिका कोमल वलीलाई । सोरुम उदघाटनका क्रममा हमालले विभिन्न प्रकारका बाइकहरुको अवलोकन गरे ।
उक्त दृश्य देखेपछि सञ्चारकर्मीहरुले मुख खोलि हाले । कोमललाई लिएर कतै जाने रहर त छैन नि ? हमालले हाँसे तर केही पनि बोलेनन् ।
केही छिनमा हमालले बाइक चढ्ने सोख आफ्नो पनि भएको तर फुर्सद नभएको बताए । निजि कार चढ्ने गरेका हमालले ७ लाखको बाइकमा प्रेमिकालाई राखेर घुमाउने इच्छा रहेको समेत बताए ।
केही छिनमै
प्रकाशित मिति:
July 08, 2013