गर्भवती पशुले नि गर्भवती महिलाले जस्तै स्याहार पाउँछिन् ?
भदौ ११ । जनावर अधिकारका कुरा उठाउँदा एनिमल नेपालकी अध्यक्ष प्रमादा शाहलाई पहिले आफन्तले नै यस्तो के कुरा गरेको ? काम पाइनस् भनेर खिल्ली उडाएका थिए ।
हुन नि हो, मान्छेको अधिकार पाउन त सडक ठप्प गर्नुपर्ने यो देशमा जनावरका अधिकारका कुरा गर्दा पत्यार लाग्ने जस्तै अवस्था हामीमा छ ।
तर, उनले यो अभियानलाई कसैको प्रभावमा नपरी अगाडी बढाईरहँदा आजका दिनमा पशु अधिकारका कुरा निक्कै माथि उठिसकेको छ ।
यसै विषयमा शनिबार एनिमल नेपालले पशु अधिकारका विषयमा सञ्चारमाध्यमको भूमिका विषयक एक कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा सर्पदेखि बाघसम्मका विषय उठे भने महिला गर्भवती हुँदा जसरी स्याहार सुसार गरिन्छ तर पशु गर्भवती हुँदा भने भारी बोकाएर हिडाउने गरेको भन्दै आपत्ति जनाइएको थियो ।
कार्यक्रममा सहभागीहरुले गर्भवती जनावरलाई जबरजस्ती काममा लगाउन नहुने, बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिए पनि उनीहरुको बासस्थान दोब्बर नबनाएकाले त्यसमा ध्यान दिनुपर्ने, नटोक्ने सर्पलाई मार्न नहुने लगायतका विषय उठाएका थिए ।
कार्यक्रममा एनिमल नेपालकी अध्यक्ष प्रमादा शाहले जनावर गर्भवती हुँदा उसले पनि स्याहार सुसार तथा रेष्ट गर्न पाउनुपर्नेमा जोड दिइन् ।
जनावरलाई काम नै लगाउने भए पनि कति काम गराउने हो, त्यसको स्वास्थ्य अवस्था कस्तो छ ? त्यसको स्याहार सुसार तथा खानपिन लगायतमा पनि ध्यान दिनुपर्ने बताइन् ।
पछिल्लो पटक बर्डफ्लुको विषयमा केन्द्रित हुँदै उनले कुखुरा मारेर मात्रै रोगको समाधान नहुने बताइन् । कुखुरा मारेर मात्रै हुँदैन । चुली पनि त सोर्नुपर्यो नि । कार्यक्रममा उनले प्रश्न गरिन्- 'खै कुखुरा पाल्ने मापदण्ड ?' जिम्मेवार निकाय नै जिम्मेवार हुन नसक्दा यस्तो परिस्थिति आएको उनको भनाई छ ।
कार्यक्रम संयोजक उत्तम काफ्लेले कुकुरलाई मार्नु कुकुरसंख्या नियन्त्रणको उपाय नभएको बताए । कुकुर नियन्त्रण गर्ने भए मार्नुको विकल्पमा परिवार नियोजन लगायतका उपायहरु अपनाउनुपर्ने उनको भनाई छ ।
पत्रकार शिरोमणी ढुंगानाले पशु अधिकारका विषयमा केही उजुरी गर्नुपरेमा उजुरी गर्ने निकाय समेत नभएको भन्दै सरकारी निकायमाथि प्रश्न गरे ।
कार्यक्रममा डा. सुरेन्द्र बस्याल र डा. सुदिपले पशु अधिकारका अहिले मुख्य समस्याहरु भनेको घाउचोट हुँदा पनि उपचार नगराउनु, घाइते, अशक्त, अन्धा, कमजोर तथा गर्भवती जनावरलाई पनि काममा लगाउनु, औषधी उपचार तथा स्याहार सुसारमा ध्यान नदिनु जस्ता विषय रहेको उल्लेख गरे ।

प्रकाशित मिति:
August 27, 2013