आफ्नै सल्लाहकार कांग्रेसमा छिर्दा बाबुरामलाई दुख्यो चित्त
भट्टराईले यसरी चित्त दुखाएको कुरा भने सामाजिक सञ्जाल ट्विटरमार्फत पोखेका छन् ।
भट्टराईले ट्वीटरमार्फत कांग्रेस दृष्टिकोणविहीन र पुरानो पार्टी भन्दै खनाल त्यस्तो पार्टीमा गएको भन्दै दुःख व्यक्त गरेका छन् । तर व्यक्तिगत रुपमा ट्विटरमा उनले खनालको राम्रो होस् भनेर कामना भने गर्न छुटाएका छैनन् ।
खनाल सोमबार कांग्रेसमा प्रवेश गरेका थिए । त्यसको भोलिपल्ट भट्टराईले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् ।
प्रकाशित मिति:
August 28, 2013