सबैभन्दा छिटो इन्टरनेट चल्ने देशमा कोरिया एक नम्बरमा
भदौ । संसारमा सबैभन्दा छिटो इन्टरनेट कुन देशमा चल्ला ? तपाईले कहिल्यै अनुमान गर्नुभएको छ ? तपाईले अनुमान अमेरिका, अष्ट्रेलिया, चाइना कुनै देश भनेर अनुमान गर्नुभएको होला ।
तर एक अनुसन्धानले भने कोरियाको औषत इन्टरनेट कनेक्सन विश्वमै सबैभन्दा तिव्र गतिको भएको देखाएको छ ।
अमेरिकी बजार अनुसन्धानकर्ता स्टाटिस्टाका अनुसार कोरियाको औषत इन्टरनेट कनेक्सन गति १४.२ एमबिपिएस छ ।
अध्ययन अनुसार कोरियापछि जापान दोस्रो स्थानमा छ । जसको औषत इन्टरनेट कनेक्सनको गति ११.७ एमबिपिएस रहेको छ । यसैगरी, तेस्रोमा हङकङ १०.९ एमबिपिएस रहेको छ ।
त्यसपछि युरोपिएन देशहरु स्वीट्जरल्यान्ड, नेदरल्यान्ड र लाट्भियाको औषत इन्टरनेट कनेक्सन गति राम्रो मानिएको छ ।
अमेरिका औषत ८.६ एमबिपिएसका साथ नवौं स्थानमा छ । अनुसन्धानले यस्तो देखाएपनि यसको आधिकारिकता भने पुष्टि भएको छैन ।

प्रकाशित मिति:
August 27, 2013