एनडीएफ जर्मनीका अध्यक्ष नवराज रोस्याराद्धारा राजीनामा
एनडीएफ जर्मनीका अध्यक्ष नवराज रोस्याराले पदबाट राजीनामा दिएका छन् ।
एक विज्ञप्ति जारी गर्दै अध्यक्ष रोस्याराले फरक राजनैतिक विचारधाराका आदरणिय मित्रहरु, साथीहरु र एनआरएनएका अग्रजहरुलाई पर्न सक्ने संम्भावित अप्ठ्यारोपनलाई ध्यानमा राख्दै आजकै मितिवाट एनडीएफ जर्मनीको अध्यक्ष पदवाट राजीनामा दिएको कुरा सार्वजनिक गर्न चाहन्छु भनेर उल्लेख गरेका छन् ।
उनले जारी गरेको विज्ञप्ति यस्तो छ:
नेपालमा प्रजातान्त्रिक परिपाटीलाई बलियो पार्ने र नेपालमा स्वच्छ र पारदर्शी किसीमको राजनैतिक वातावारण तयार पार्नमा विदेशवाट पनि सक्दो भुमिका खेल्ने मुख्य उद्देश्यका साथ जर्मनीमा बसोबास गरिरहेका नेपाली समुदाय माझ क्रियाशिल संगठन नेप्लीज डेमोक्र्याटिक फोरम (एनडीएफ) जर्मनीको अध्यक्ष पदमा रहेर मैले दुई वर्षे एक कार्यकाल सफलता पुर्वक चलाएको यहाहरुलाई अवगतनै छ । यसै कार्यकालमा एनडीएफ जर्मनीलाई जर्मनीको कानुनी प्रक्रिया अनुसारको बिधान तयार पारेर यहाँको प्रशाशनमा दर्ता गराउने देखि नेपालवाट बिभिन्न समयमा राजनैतिक नेताहरु वोलाएर अन्तरक्रिया गर्ने लगायतका कामहरु सम्पन्न भएका थिए। एनडीएफ जर्मनीको नेतृत्व तहमा वसेर काम गर्ने क्रममा यो संगठनमा काम गर्ने साथीहर्रु सवै नेता पनि र सवै कार्यकर्ता पनि’ भन्ने अवधारणालाई आत्मसाथ गर्दै अघि बढ्ने प्रयास गरेका थियौं र संस्थासंग संम्वन्धित सवै साथीहरुको वीचमा भातृत्वको भावना बिकास गरि अघि बढ्दै आएका थियौं ।
शायद त्यसै कारणले पनि हुनु पर्दछ, यसै वर्षको मार्च ९ तारिखमा जर्मनीकै म्युनिख शहरमा सम्पन्न एनडीएफको तेश्रो अधिवेशनले पुनः अर्को कार्यकालको लागि काम गर्ने जीम्वेवारी सर्वसम्मतीको निर्णयवाट मलाई सुम्पेको थियो ।
तेश्रो सम्मेलन पछिको यो अवधिमा नेपाली समाजसेवी भावनाले उत्पे्ररित जर्मनीमा वसोवास गरिरहेका नेपालीहरु (बिद्यार्थीहरुको प्रमुख भुमिका) संगको सहकार्य र सामुहिक प्रयासवाट संचालित नेप्लीज लिभिङ इन जर्मनी र इजी पाथ टु जर्मनी नामक सामाजिक संजाल फेसबुक समुहहरुमा आफुलाई संलग्न गराई त्यसको माध्यमवाट नेपालीहरुलाई सहयोग पुर्याउदै आएका छौं । फेसबुकमा संचालित यी समुहहरुको मुख्य उद्देश्य जर्मनीमै भएका सवै नेपलीहरु र नेपाल वाट अध्ययनका लागि जर्मनी आउन खोजी रहेका नेपालीहरुलाई आवश्यक सुचनाहरु दिएर जर्मनीको फरक वातावरण र परिस्थितीमा नेपालीहरुको वसाईलाई सजिलो वनाउनमा मद्दत गर्ने तथा आवश्यक परेका वेलामा एकअर्कालाई भातृगत हिसावले सक्दो सहयोग गरि "हामी नेपाली जहाँ गएपनि, सबै एउटै’ भन्ने भावनाको बिकास गर्नु रहेको छ । जर्मनवासी नेपालीहरुलाई सहयोग गर्न फेसबुक समुहहरु वा अन्य बिभिन्न संघ संस्थाहरु संग संलग्न भएर काम गरिरहेका समाजसेवी भावनाका सवै नेपाली मित्रहरुको योगदान निकै महत्वपुर्ण र प्रशंसनीय छ । बिषम अवस्थामा पनि अरुको सेवा गरिरहेका ती सवै साथीहरुको अगाडी म आफु त केवल एक सामान्य सहयोगी मात्रै हो भन्ने ठान्दछु । हुन पनि अर्काको देशमा बसेर आफ्नो व्यक्तिगत जीवनका लागि संघर्ष गर्दा गर्दै सामाजिक सेवामा पनि समय दिन त्यति सजिलो कहाँ छ र ?
माथी उल्लेखित कार्यहरुका अलावा बिगत दुइ वर्ष देखि एनआरएन जर्मनीको सदस्य पदमा पनि रहेर जर्मनीवासी नेपाली समुदाय वीच सामुदायिक हकहितको लागि क्रियाशिल हुदै आएको छु । जर्मनी वासी नेपालीहरुको संख्या दिन प्रति दिन बढ्दै गईरहेको अहिलेको अवस्थामा जर्मनीमा बिभिन्न कामहरु गर्दै आएका नेपालीहरुलाई सामुहिक लगानीको अवधारणाका आधारमा व्यापार व्यवसायमा लागेर स्वयं आफ्नो जीवनस्तर उकास्नमा प्रेरित गर्ने देखि यहाँको नेपाली समाजलाई एकतावद्ध वनाएर आपसमा सहृदयी भावनाको बिकास गर्ने कुरा लाई हामीले आफ्नो प्रमुख लक्ष्य बनाएर अघि बढ्नु पर्ने भएको छ । साथ साथै जर्मनीवासी नेपालीहरु सवैका विचार र योजनाहरुलाई समेटेर वार्षिक क्यालेन्डर तयार पारि एनआरएनएका गतिविधीहरुलाई व्यवस्थित गर्ने, एनआरएनएमा संलग्न अग्रजहरु तथा उहाँहरुका सल्लाह सुझावहरुलाई सम्मान गर्दै जर्मनवासी नेपाली समुदाय (सवै जात जाती, क्षेत्र, भाषा, लिंग र शारिरिक अवस्थाका दिदीवहिनी तथा दाजुभाईहरु) का समस्याहरुलाई शुत्रवद्ध गर्दै सामुहिक रुपमै व्यवस्थीत तरिकाले तिनका समाधानहरु खोज्ने परम्पराको थालनी गर्नु पर्ने चुनौती पनि हाम्रा सामु छन् ।
त्यसकारण घटनाक्रमले निर्माण गरेका अहिलेको परिस्थितीमा एनआरएनए संग संम्वन्धित सवै आदरणीय व्यक्तित्वहरुकै सल्लाह र सहयोगका आधारमा अझ थप केहि समय एनआरएनका गतिबिधीहरुमा संलग्न भएर अघि बढ्नु पर्ने सुझावहरु सवैतिर बाट आईरहेको छ । तर एनआरएनए जस्तो गैह्र राजनैतिक संस्थाका गतिबिधीहरुमा संलग्न हुदा बोली र व्यवहारमा समेत एकरुपता ल्याई मन भित्रै देखि सवै राजनैतिक विचार धाराका साथीहरु संग निस्पक्ष हिसावले व्यवहार गर्नु पर्ने हुन जान्छ र आफुलाई सवै पक्षको साझा नेता भन्दा पनि साझा कामदारको रुपमा प्रस्तुत गर्दै सामाजिक सेवामा संलग्न हुन सक्नु पर्दछ । तर एनडीएफ जर्मनीको चरित्र अलि राजनैतिक किसिमको भएकोले स्वाभाबिक रुपमा यो संगठनको नेतृत्वमा बसेको व्यक्तिले कसैलाई कुनै पनि किसिमको राजनैतिक पुर्वाग्रह नराखे पनि फरक राजनैतिक विचारधाराका मित्रहरुलाई अर्को राजनैतिक चरित्रको संगठनको नेतृत्वलाई एनआरएनएको नेतृत्वमा पाउदा अप्ठ्यारो महशुस हुन सक्छ ।
फरक राजनैतिक विचारधाराका आदरणिय मित्रहरु, साथीहरु र एनआरएनएका अग्रजहरुलाई पर्न सक्ने संम्भावित अप्ठ्यारोपनलाई ध्यानमा राख्दै आजकै मितिवाट एनडीएफ जर्मनीको अध्यक्ष पदवाट राजीनामा दिएको कुरा सार्वजनीक गर्न चाहन्छु । र, मौका दिईएमा आम नेपालीहरु संगको सहकार्य र सहअस्तित्वका आधारमा बिना आग्रह र पुर्वाग्रह सवै किसीमका राजनैतिक , सामाजिक र आर्थिक पक्ष संग जोडीएका मुद्धाहरुमा केन्द्रीत रहेर सेवा गर्नमा तत्पर रहनेछु भन्ने कुराको प्रतिबद्धता पनि यसै वक्तव्य द्वारा व्यक्त गर्न चाहन्छु ।
अन्तमा आउदो यहि सेप्टेम्वर सात तारिखका दिन फ्र्यान्कफोर्ट शहरमा हुन गईरहेको एनआरएनए जर्मनीको अधिवेशन तथा आफ्नो अमुल्य मत द्वारा नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागि भई एनआरएनए जर्मनीलाई हामी सवैवीचको संबादको साझा थलोको रुपमा बिकाश गर्नमा योगदान पुर्याइ दिनहुन सवै जर्मनवासी नेपालीहरुलाई हार्दिक अह्वान गर्दछु ।
हार्दिक अभिवादन सहित
नवराज रोस्यारा
अध्यक्ष, नेपाली लोकतान्त्रिक मञ्च, जर्मनी
Nepalesisches Demokratisches Forum (NDF) e.V.
Scientific co-worker, university of Leipzig (Wissenschaftlicher Mitarbeiter der Universität Leipzig)
Homepage: http://www.people.imise.uni-leipzig.de/nab.raj.roshyara/

प्रकाशित मिति:
August 12, 2013