रेग्मीका अंगरक्षक पक्राउ गर्ने इन्स्पेक्टरलाई नै कारबाही
भदौ १२ । सरकार प्रमुख खिलराज रेग्मीका एडिसी नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) लाई पक्राउ गर्ने इन्स्पेक्टरलाई कारबाही गरेर हटाइएको छ ।
लेफ्टिनेन्ट कर्णेल सुनिल श्रेष्ठलाई पक्राउ गर्ने इन्स्पेक्टर महेन्द्र कार्कीलाई सम्बन्धित ठाउँबाट सरुवा गरिएको हो ।
प्रधानमन्त्री कार्यालयकै दबाबमा ललितपुर पुल्चोक प्रभागका प्रमुख इन्स्पेक्टर कार्कीलाई तीन दिनअघि ललितपुर परिसरमा सरुवा गरिएको आजको नयाँ पत्रिकाले खबर छापेको छ ।
महानगरीय प्रहरी आयुक्त कार्यालयले माथिल्लो निकायको दबाबमा कार्कीलाई सरुवा गरी प्रभागमा इन्स्पेक्टर हर्क बिकलाई पठाएको हो ।
उनलाई खिलराज रेग्मीकै एडिसी पक्राउ गरेको विषयलाई लिएर सम्बन्धित ठाउँबाट हटाइएको प्रहरी स्रोतको दाबी छ ।
यसरी प्रहरीले स्वतन्त्र रुपमा काम गर्दा माथिल्लो निकायबाटै दबाब खेप्नु परेपछि यसले प्रहरी संगठन भित्र ठूलै हलचल ल्याईदिएको छ ।
यस्तै कामका कारण स्वतन्त्र काम गर्दा समेत सरुवा भइन्छ भने किन काम गर्नु भन्दै चित्त दुखाउनेको संख्या प्रहरी संगठनमा बढेर गएको छ ।

प्रकाशित मिति:
August 28, 2013