माओवादीलाई बाहिर राखेर गरिने चुनाव अधुरो र अपुरो : थापा
भदौ ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले माओवादीलाई बाहिर राखेर गरिने चुनाव अपुरो हुने बताएका छन् ।
थापाले चार दलले निषेधको राजनीतिक गरिरहेको आरोप समेत लगाएका छन् ।
नेकपा–माओवादीलगायत आन्दोलनरत दलहरुलाई बाहिर राखेर गरिने चुनाव अधुरो र अपुरो हुने उनको भनाई छ । प्रमुख चार दलले त्यसो गरेमा त्यो काम सम्पन्न हुनै नसक्ने ठोकुवा समेत थापाले गरेका छन् ।
पार्टीका सोमबारबाट राजधानीमा सुरु भएको राष्ट्रिय सम्मेलनको उदघाटनका क्रममा उनले राष्ट्रपति र सरकारले अग्रसरता देखाएर माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई चुनावमा सहभागी गर्नुपर्ने बताए ।
पार्टीको सम्मेलन ३ दिनसम्म चल्नेछ । सम्मेलनले संविधानसभाको निर्वाचनको रणनीति तयार गर्ने बताइएको छ ।

प्रकाशित मिति:
August 27, 2013