पोखराबाट उत्पादित रक्सीलाई जापानमा अनुमति
भदौँ ५ । पोखराबाट उत्पादन हुने रक्सीले जापानमा व्यापार विस्तार गर्न अनुमति पाएको छ ।

हिल हट वाइनरी प्रालिबाट उत्पादित ‘डाँडाघरे वाइन’ले यस्तो अनुमति पाएको हो ।
व्यवसायी झलक थापाको कम्पनीबाट उत्पादित हर्वलयुक्त आँगन, पिँढी, मझेरी र आँटी नामक वाइनले जापानमा बिक्रीका लागि अनुमति पाएको आजको नयाँ पत्रिकाले खबर छापेको छ ।
डाँडाघरे वाइन बिक्रीका लागि राजधानी टोकियोस्थित नेपालीले सञ्चालन गरेको नेओनेट कम्पनीसँग गत २३ साउनमा सम्झौता भएको हो ।
कम्पनीले २ महिनाअघि नमुनाका लागि कम्पनीबाट उत्पादित वाइन ६० कार्टुन पहिलो पटक र ढेड महिनाअघि ७० कार्टुन दोस्रोपटक जापान लगेको थियो ।
वाइनको ल्याब टेस्टपछि जापानमा बिक्रीका लागि अनुमति पाएको हो ।

प्रकाशित मिति:
August 21, 2013