• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » पोखराबाट उत्पादित रक्सीलाई जापानमा अनुमति
पोखराबाट उत्पादित रक्सीलाई जापानमा अनुमति

भदौँ ५ । पोखराबाट उत्पादन हुने रक्सीले जापानमा व्यापार विस्तार गर्न अनुमति पाएको छ ।

हिल हट वाइनरी प्रालिबाट उत्पादित ‘डाँडाघरे वाइन’ले यस्तो अनुमति पाएको हो ।

व्यवसायी झलक थापाको कम्पनीबाट उत्पादित हर्वलयुक्त आँगन, पिँढी, मझेरी र आँटी नामक वाइनले जापानमा बिक्रीका लागि अनुमति पाएको आजको नयाँ पत्रिकाले खबर छापेको छ ।


डाँडाघरे वाइन बिक्रीका लागि राजधानी टोकियोस्थित नेपालीले सञ्चालन गरेको नेओनेट कम्पनीसँग गत २३ साउनमा सम्झौता भएको हो ।

कम्पनीले २ महिनाअघि नमुनाका लागि कम्पनीबाट उत्पादित वाइन ६० कार्टुन पहिलो पटक र ढेड महिनाअघि ७० कार्टुन दोस्रोपटक जापान लगेको थियो ।

वाइनको ल्याब टेस्टपछि जापानमा बिक्रीका लागि अनुमति पाएको हो ।

प्रकाशित मिति: August 21, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |