गोर्खाल्याण्डको आन्दोलन नेपाली माओवादीले उक्साएको भारतको दाबी
साउन २८ । भारतको दार्जिलिङमा स्वतन्त्र गोर्खाल्याण्डको माग गर्दै चर्कदै गएको आन्दोलनमा नेपाली माओवादीले सहयोग गरेको भारतले आरोप लगाएको छ ।
भारत पश्चिम बंगाल सरकारको गुप्तचर विभागले मोर्चाका अध्यक्ष सहितका नेताहरु नेपाली माओवादीको सम्पर्कमा रहेको र माओवादीले सहयोग गरिरहेको जनाएको छ ।
गोर्खाल्याण्ड आन्दोलनका लागि हतियार र रुपैयाँ पनि नेपालबटै भित्रिएको पनि विभागले आरोप लगाएको छ ।
तर नेपालमा अहिले दुई वटा माओवादी रहेको र कुन माओवादीले सहयोग गरेको भन्नेबारे भने केही पनि खुलाइएको छैन ।
नेपाली अखवार हिमालय दर्पणले उल्लेख गरेको समाचारमा गुप्तचरको रिपोर्ट उल्लेख गर्दै यस्तो जनाइए पनि मोर्चा अध्यक्ष विमल गुरुंगले भने उक्त प्रतिवेदनलाई हावादारीको संज्ञा दिएका छन् ।
उनले प्रतिवेदनप्रति आपत्ति जनाउदै राज्य सरकारले आन्दोलन दमन गर्ने नियतका उक्त प्रतिवेदन सार्वजनिक गरेको बताएका छन् ।
मुख्यमन्त्री ममता वेनर्जीले हड्ताल फिर्ता लिन मोर्चालाई ७२ घण्टे अल्टिमेटमको सीमा सकिन लाग्दा गुप्तचरले आन्दोलनको नेपाली माओवादीको सहयोग भन्ने तवरको प्रतिवेदन सार्वजनिक गरिरहँदा त्यहाँ आन्दोलन भने झनै चर्कदै गएको छ ।

प्रकाशित मिति:
August 12, 2013