प्रचण्डपुत्र कमाउको धन्दामा ! डलर आउने र ओलम्पिक छिर्न मिल्ने संघ गठन
साउन २२ । विभिन्न घटनामा उलटपुलट मच्चाएर विवादमा आईरहने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाल (साकार) सम्मिलित एक संस्था स्थापना भएको छ ।
‘कुस्त आर्थिक लाभ लिन सकिने’ नेपाल ओलम्पिक कमिटी छिर्ने बाटो खोज्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना र प्रचण्डपुत्र दाहालले मिलेमतोमा नयाँ खेल संघ गठन गरेका हुन् ।
उक्त संस्थाको उपाध्यक्षममा साकार दाहाल उपाध्यक्ष छन् । नागरिक दैनिकमा छापिएको खबर अनुसार माओवादी अध्यक्ष दाहालपुत्र प्रकाशकै वास्तविक नाम साकार हो । त्यसो त उनले यसअघि विभिन्न ठाउँमा इमेल गर्दा जिमेल आइडीमा साकार नाम जोडिएको आइडी चलाउने गर्दथे ।
नेकपा एमाले नेता केपी शर्मा ओलीका ‘विश्वासपात्र’ तिम्सिनाको अध्यक्षतामा गठित नेपाल मोडर्न पेन्ट्राथोलन संघको उपाध्यक्षमा उनै साकार उपाध्यक्ष छन् ।
नेपाल ओलम्पिक कनिटी छिर्ने ढोकाका रुपमा यसरी संघ गठन चलन चल्दै चल्दै आएको छ ।
ओलम्पिक कमिटी छिरेपछि विदेश शयरदेखि अेरिकी डलरमा कुस्त भत्ता खाने सुविधा पाइन्छ । संघमार्फत देशव्यापी प्रभाव जमाउन सकिने हुँदा राजनीतिक लाभ पनि मिल्छ खबरमा उल्लेख छ ।
माओवादी सिफारिसमा परिषद सदस्य९सचिव नियुक्त युवराज लामाले उपाध्यक्ष तिम्सिनाको अध्यक्षतामा मोर्डन पेन्ट्राथोलन संघ दर्ता भएको स्वीकारे पनि दाहालको संलग्नताबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
प्रकाश दाहाल |

प्रकाशित मिति:
August 06, 2013