सिरियन इलेक्ट्रोनिक आर्मीद्धारा न्युयोर्क टाइम्समा हमाला
भदौ । विश्वप्रसिद्ध अमेरिकाबाट प्रकाशित हुने न्युयोर्क टाइम्स पत्रिकाको वेसाइट ह्याक भएको छ ।
न्युयोर्क टाइम्स कम्पनीका प्रमुख सूचना अधिकृत मार्क फ्रोन्सले ‘सिरियन इलेक्ट्रोनिक आर्मी’ नामको समूहले वेबसाइट ह्याक गरेको बताएका छन् ।
न्युयोर्क समयअनुसार मंगलबार राति उक्त वेसाइट ह्याक भएको थियो । सो समयमा न्युयोर्क टाइम्सको वेबसाइटमा समस्या आएको संस्थाले जनाएको छ ।
यसअघि केही महिनाअघि मात्र फिनान्सियल टाइम्स र वासिङ्टन पोस्टको अनलाइनसमेत ह्याक भएको थियो ।
न्युयोर्क टाइम्स ह्याक भएपछि न्युयोर्क टाइम्सको इमेलबाट मेल पठाउन सावधानी अपनाउन कर्मचारीहरूलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति:
August 28, 2013