त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाइड बडी रोक
भदौँ ४ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल' धावनमार्गको पिच धमाधम उप्किएर विमान अवतरण नै प्रभावित भएपछि नेपालको विमानस्थलबारे अन्तर्राष्ट्रियस्तरमै बेइज्जत हुन पुगेको छ ।
यतिसम्म धावनमार्गको पिच गर्दा राम्रो नगरिएकाले पटक पटक विमानहरु आकाशमै घुमाउनु पर्दै आएको छ भने हिजो भने नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज (वाइड बडी) अवतरणमा रोक समेत लगाएको छ ।
पिच उक्किएर ठूला जहाजलाई रोक लगाउनेले अन्तर्राष्ट्रियमा यसले प्रश्न चिह्न खडा गरिदिएको छ ।
विमानस्थलको धावन मार्ग अति जीर्ण भएपछि प्राधिकरणले अन्तिम विकल्प भन्दै अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई ठूला जहाज नल्याउन पत्राचार गरेको छ । प्राधिकरणले यसै सातादेखि सबै ठूला जहाज धावन मार्ग पूर्ण रूपमा नबनेसम्म अवतरण र उडानमा रोक लगाइने जनाइएको छ ।
विदेशी कम्पनीहरूलाई केही समयसम्म साना र मध्यम खालका जहाजबाट मात्र उडान भर्न आग्रह गरेको बताइएको छ ।
पिच गर्ने क्रममा कमसल किसिमले पिच गर्दा धावनमार्गको पिच उक्किएको र पटक-पटक त्यहाँ समस्या उत्पन्न भएको विमानस्थल स्रोत बताउँछ । यसले नेपालको अन्तर्राष्टियस्तरमा बेइज्जत मात्रै होइन अब विदेशी जहाज कम्पनीले नेपाललाई कसरी हेर्छन वा कुनै दिन ठूला विमान नै नेपालमा उडान प्रतिबन्ध गर्ने त होइनन् भन्नेसम्मका आशंका उब्जाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको पिच भत्किएर विगत १५ दिनमा मात्रै पाँच पटक जहाजहरु आकाशमा घुमाउनु परिसकेको छ ।

प्रकाशित मिति:
August 20, 2013