सेन्चुरीको साधारण सेयर निष्कासन धितोपत्र बोर्डद्धारा अस्वीकार

सेन्चुरीले साधारण सेयर जारी गर्नका लागि पेस गरेको प्रस्तावमा विभिन्न कैफियत देखाउँदै बोर्डले सुधार गरेर ल्याउन निर्देशन दिएको छ ।
सेन्चुरीले क्रेडिट रेटिङ नगराई साधारण सेयर सार्वजनिक गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा प्रस्ताव पेस गरेको थियो ।
लगानीकर्तालाई थप जानकारी प्राप्त होस् भनेर साधारण सेयर जारी गर्ने कम्पनीको क्रेडिट रेटिङ गर्ने गरिन्छ । क्रेडिट रेटिङ नियमावलीअनुसार ३ करोड रुपैयाँभन्दा बढीको साधारण सेयर निष्कासन गर्ने कम्पनीको क्रेडिट रेटिङ अनिवार्य भए पनि सेन्चुरीले क्रेडिट रेटिङ नगराई प्रस्ताव पेस गरेको थियो ।
प्रकाशित मिति:
September 04, 2013