गृहबाट सुजाताको नामै आएन
भदौ १६ । कांग्रेस केन्द्रिय सदस्य सुजाताको गृह जिल्ला मोरङबाट आगामी संविधानसभाको लागि नाम नै नआएपछि दुःखित बनेकी छन् ।
आगामी संविधान सभा निर्वाचनमा मोरङवाट प्रत्यक्ष वा समानुपातिकमा उम्मेद्वारी दिने बताउँदै आएकी उनको नाम नै त्यहाँबाट नआएको हो ।
मोरङको क्षेत्र नं १ बाट समानुपातिक वा ४ बाट प्रत्यक्ष उम्मेदवारका रुपमा चुनाव उठ्ने बताउँदै आएकी थिइन् । तर त्यहाँबाट उनको नाम नआएपछि कोइरालाले आफूलाई मोरङमा स्थान नदिने खेल खेलिएको धारणा व्यक्त गरेकी छन् ।
महिला संघले आइतवार आयोजना गरेको तीज सम्बन्धी कार्यक्रममा उनले आफू विरुद्ध षड्यन्त्र भएको भन्दै मोरङमा तीनवटा क्षेत्र महिलालाई सुरक्षित गरिनु पर्ने बताएकी छन् ।
सुजाताको मोरंगबाट नाम नआएपनि केन्द्रीय सदस्यहरु आमोदप्रसाद उपाध्याय, महेश आचार्य, मिनेन्द्र रिजाल, शेखर कोइराला, भुटनीदेवी खवास र कविता सरदारको नाम सिफारिस भएको छ ।
सुजाताले बुवा स्व. गिरिजाप्रसादको निर्वाचन क्षेत्र १ बाट समानुपातिकमा र त्यसो नभए ४ बाट प्रत्यक्षमा आफ्नो नाम सिफारिस गर्न क्षेत्रीय समितिलाई आग्रह गरेको भएपनि उनको नाम सिफारिस नगरिएको बुझिन आएको छ ।

प्रकाशित मिति:
September 01, 2013