साउदी जेलका १८ नेपालीको जीवन कष्टकर
भदौ २८ । वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका १८ जना नेपाली अहिले बिना कसुर जेलमा छन् । उनीहरुले जीवन कष्टकर भएको भन्दै गुनासो समेत गरेका छन् ।
नौ महिनादेखि बिनाकसुर जेलमा बसिरहे पनि त्यहाँस्थित नेपाली दुतावासले उद्धारका लागि कुनै पहल नगरेको उनीहरुको गुनासो छ ।
दुतावासले कुनै प्रयास नगरेको भन्दै दुई महिनाअघि परराष्ट्र मन्त्रालय कन्सुलर शाखामा उजुरी दिएपनि आफूहरुको उद्धारमा पहल नभएको भन्दै उनीहरुले दुःख पोखेको आजको अन्नपूर्णमा खबर छ ।
उद्धारका लागि दुतावासले पहल नगरेको भन्दै उनीहरुले दबाब दिन एक सातासम्म जेलमै भोक हड्ताल पनि गरेका थिए । तर जेल प्रशासनले भोक हड्ताल तोडायो । उनीहरुमध्ये पाँच जना बिरामी परेका छन् ।
प्रकाशित मिति:
September 13, 2013