दलहरु फेरि भाँडिए, सहमति अनिश्चित
भदौ २९ । उच्चस्तरीय राजनीतिक समितिले ३३ दलीय मोर्चाको माग अस्वीकार गरेपछि दलहरुबीचको संवाद भाडिएको छ ।
नयाँबानेश्वरमा शनिबार साँझ बसेको राजनीतिक समितिको बैठकले मंसिर ४ को चुनाव सार्न नकिने र सरकार परिर्वतन पनि गर्न नसकिने निर्णय गरेका छन् ।
बैठकपछि कांग्रेस नेता मिनेन्द्र रिजाल र एमाले नेता रघुजी पन्तले माओवादीको माग पूरा गर्न सरकार परिवर्तन गर्दा घोषित चुनावी तयारीमा असर पर्ने भएकाले अस्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।
समितिको निर्णयसँगै आइतबार शितल निवासमा हुने सर्वदलीय बैठक भाडिने निश्चित जस्तै बनेको छ ।
३३ दलीय मोर्चाका कार्यदल संयोजक देव गुरुङले परिवर्तनलाई नरुचाउने, सहमति गर्न नदिने, विदेशीले सिफारिस गरेको र उनीहरुले नै तोकिदिएको मितिमै काम गर्नुपर्ने, जुन मितिमा अनि विदेशीले जे गर भन्छन् त्यहीँ गर्दै आएका र गर्ने राष्ट्रिय आत्मसमर्पणवादी चिन्तनका कारण सहमति भाड्न खोजिरहेको बताए ।
शुक्रबार नै राष्ट्रपतिसहितको सर्वदलीय छलफलमा पेस गरेको आफ्नो बटम लाइन भएको उनको भनाई छ ।

प्रकाशित मिति:
September 14, 2013