भारतीय प्रहरी हतियारसहित नेपाल प्रवेश, नेपालीको घरमा छापा
असोज २ । नेपालको सिमा क्षेत्र बर्दिया सदरमुकाम गुलरियामा भारतीय प्रहरी हतियार सहित प्रवेश गरी मन्जुर प्रसाद श्रेष्ठको घरमा छापा मारेको छ ।
भारतिय प्रहरीले नेपालको कुनै पनि सुरक्षा प्रतिनिधीलाई जानकारी नगराई अपराधी खोज्न आएको भन्दै श्रेष्ठको घरमा छापा १ घण्टा लगाएर छापा मारको छ ।
भारत उत्तर प्रदेश राज्यको लखिमपुर डिएसपीको टोलीले श्रेष्ठको घरमा जर्वजस्ती गरी लत्ता कपडाहरु बिरार्दै अपराधी कहाँ छ भन्दै सर्च गरेका थिए।
भारतीय प्रहरी हतियार सहित प्रवेश गरी हस्तक्षेप गरेकोमा स्थानीय आक्रोसित भएका छन् ।
प्रकाशित मिति:
September 18, 2013