अहिलेकै निर्वाचनले देशमा द्धन्द्ध निश्चित
भदौ २० । विभिन्न दलका नेताहरुले यथास्थीतिमा हुने संविधानसभा निर्वाचनले देशमा द्धन्द्ध निम्त्याउने औल्याएका छन् ।
ती दलका नेताहरुले द्धन्द्ध समाधान गर्न वृहत शान्ति सम्झौता मार्फत स्वीकार गरीएको संविधानसभा निर्वाचनलाई द्धन्द्ध निम्ताउने गरी जवरजस्ती गर्न नहुने धारणा राखेको छन् ।
वर्तमान राजनीतिक प्रक्रिया र वर्तमान सरकारसँग असहमत आन्दोलनरतरत ३३ दलिय मोर्चाद्धारा काठमाण्डौमा आयोजनामा वार्ता, गोलमेच सम्मेलन र निर्वाचन विषयक अन्तरक्रियामा दलका नेताहरुले सहमतिबाटै निकास निकाल्न पर्ने बताएका हुन् ।
उनले आफुहरु एक हातमा वार्ता र अर्को हातमा बहिस्कार आन्दोलन लिएर बसेको भन्दै चार दलहरु जसरी प्रस्तुत हुन्छन् त्यसरी नै आफुहरु प्रस्तुत हुने चेतावनी दिए । उनले चार दलहरुले गरेको असंवैधानीक अलोकतान्त्रिक कुकर्ममा आफुहरुले कुनै हालतमा सहिछाप नलगाउने प्रष्ट पारे । चार दलका शिर्ष नेताहरुले कालिदासको प्रवृति देखाएको उनको भनाई छ ।
अध्यक्ष वैद्यले चार नेताहरुले लोकतन्त्रको नाममा लोकतन्त्र मास्ने काम गरेको भन्दै चार शिर्ष नेताहरुलाई कालिदासको संज्ञा दिएका छनृ । उनले आफुहरुलाई वेवास्ता गरीए सडकबाटै संविधान जारी गर्ने चेतावनी समेत दिए ।
कार्यक्रममा एनेकपा माओवादीका नेता देवेन्द्र पौडेलले यथास्थीतिमा हुने निर्वाचनले निकास नदिने भन्दै गोलमेच सम्मेलनबाट निकास निकाल्न तयार हुनुपर्ने बताए उनले निर्वाचन मिति र सरकार परिवर्तन गरेर भए पनि द्धन्द्ध ब्यवस्थापनमा सहजीकरण गर्नुपर्ने बताए ,
द्धन्द्धकालका मुद्धाहरु उचालेर देशमा अशान्ति र विग्रह निम्ताउन खोजीएको भन्दै उनले कार्यक्रममा आपत्ति व्यक्त पनि गरे ।
नेपाली कांग्रेसका नेता लक्षमण घिमिरेले अहिले चार दलका शिर्ष नेता भनिने चार दादाहरुको अधिनायकवादमा देश चलेको भन्दै ज्ञानेन्द्रले गरेको कु भन्दा खतनाक कु भएको भन्दै सहमतिबाट निकास खोज्नुपर्ने धारणा राखे । उनले यथास्थीतिमै मंसिर ४ मा निर्वाचन हुन नसक्ने दाबी पनि गरे ।
कार्यक्रममा संघिय समाजवादी पार्टिका अध्यक्ष अशोक राईले चार दलिय हैकमवादले देशमा द्धन्द्ध सृजना गरको भन्दै सेना परीचालग गरेर गर्ने निर्वाचनको अर्थ नहुने बताए ।
उनले अहिले चुनावको लागि राजनीतिक बातावरण नै पुर्वधार नै तयार नभएको भन्दै मंसिर ४ मा निर्वाचन हुन नसक्ने दाबी गरे । कार्यक्रममा नागरीक समाजका अगुवा दमननाथ ढुंगनाले शान्तिप्रक्रियाको एक पक्ष माओावदीलाई वाहिर राखेर गरीने निर्वाचनले समस्या समाधान नगर्ने भन्दै वार्ता संवाद र गोलमेचबाटै आगामी मार्गदिशा तय गरेर नै निकास खोज्नुपर्ने बताए ।
कानुनवीद शम्भु थापाले लोकतन्त्रको नाममा अलोकतान्त्रिक विधि र प्रक्रियाबाट गरिने निर्वाचनले देशमा द्धन्द्ध बढाउने भन्दै सहमतिबाट निकास निकाल्न सबै दल समक्ष आग्रह गरे ।
कार्यक्रममा ३३ दलीय मोर्चाको तर्फबाट नेकपा–माओवादीका सचिव देव गुरुङले अवधारणा पत्र पेस गरेका थिए ।
प्रकाशित मिति:
September 05, 2013