नेपालका ३० हजार विदेशी नागरिक गैरकानुनी
भदौ २१ । नेपालमा रहेका विदेशी नागरिक मध्ये ३० हजार जना कामदार विदेशीहरु नेपालमा गैरकानुनी रूपमा बसीरहेको खुलेको छ ।
श्रम ऐनअनुसार विदेशी कामदारले श्रम स्वीकृति नलिई नेपालमा काम गर्न नपाउने भएपनि उनीहरु गैरकानुनी रुपमा बसोबास गरिरहेका हुन् ।
श्रम स्वीकृतिका लागि प्रतिव्यक्ति १० हजार रुपैयाँ राजस्व तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
तर, विभिन्न देशबाट आएका अन्तराष्ट्रिय नियोग, कूटनीतिक नियोग, सहयोग नियोग, सरकारसँग दुई पक्षिय सम्झौता गरी काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थालगायतको सिफारिसमा परराष्ट्र र गृह मन्त्रालयले बिन श्रम स्वीकृति गैर पर्यटक र आवासीय भिसा जारी गर्दा यस्तो अवस्था आएको हो।
यसरी विदेशी कामहरु नेपालमा बस्दा ३० करोड रूपैयाँ राजस्व गुमेको आजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रकाशित मिति:
September 06, 2013