दाइजो दिन नसक्दा विवाह रोकिएपछि एकै परिवारका चार छोरीद्धारा आत्महत्या
असोज ५ । पाकिस्तानमा गरिबीका कारण दाइजो दिन नसकेर विवाह रोकिएपछि एकै परिवारका चार सदस्यले आत्महत्या गरेका छन् ।
पञ्जाव प्रान्तबाट दक्षिणी भागमा अवस्थित माइल्सीमा रहेका एकै परिवारका चार जना छोरीहरुले आत्महत्या गरेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
दाइजो दिन सक्ने अवस्था नभएपछि चार छोरीको पटकपटक कुरा चलेपनि विवाह हुन नसकेपछि उनीहरुले आत्महत्या गरेको बताइएको छ ।
आत्महत्याबारे बाबुलाई जानकारी गराएरै उनीहरु सामूहिक रुपमा नहरमा हाम फालेर ज्यान फ्यालेको पनि बताइएको छ । हाम फाल्ने मध्ये ३१ वर्षीया कान्छी छोरीलाई भने जिवितै उद्धार गरिएको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति:
September 21, 2013