मंसिर ४ मा चुनाव भएरै छाड्ने प्रचण्डको ठोकुवा
भदौ २१ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान सभाको आगामी निर्वाचन मंसिर ४ मा नै हुने ठोकुवा गरेका छन् ।
शुक्रबार कैलालीको गेटा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा दाहालले संघीय समाजबादी पार्टीसंग समेत निर्वाचनका लागि सहमति भईसकेकाले चुनावी वातावरण वन्दै गएको बताए ।
नेकपा–माओवादी समेत आगामी सविधान सभाको चुनावमा सहभागी हुने विश्वास समेत उनको थियो ।
कैलालीको सुख्खडमा हुने राज्य समितिको प्रशिक्षण तथा पार्टी प्रवेशको दुई दिने कार्यक्रममा अध्यक्ष दाहालसहित पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, पोष्ट बहादुर बागटी लगायतका नेताहरु कैलाली पुगेका हुन् ।

प्रकाशित मिति:
September 06, 2013