• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Technology » मन्त्रालयको लेटरप्याडमै उल्लेख छ- 'असोज १ देखि फेसबुक नेपालमा प्रतिबन्ध'
मन्त्रालयको लेटरप्याडमै उल्लेख छ- 'असोज १ देखि फेसबुक नेपालमा प्रतिबन्ध'

भदौ १८ । नेपाल सरकार, सुचना तथा सञ्चार मन्त्रालयको लेटर प्याडमा असोज १ गतेदेखि फेसबुक नेपालमा बन्द हुँदै छ भन्ने चेतावनी पत्र तपाईले पनि थाहा पाउनु भयो होला होइन ?

नेपाल सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार मन्त्री माधव पौडेलकै हस्ताक्षर भएको उक्त सरकारी चेतावनी पत्र देख्नुभएको छ भने तपाई पक्कै पनि चिन्तित बन्नु भएकै हुनुपर्छ । ओ हो, फेसबुक बन्द पो हुने भो भनेर ।

तर, चिन्ता नलिनुहोस् । उक्त फेसबुक बन्द हुने चेतावनी सरकारले भने दिएको हैन । सूचना तथा सञ्चारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता माधवप्रसाद पौडेलको ‘लेटर प्याड’ र हस्ताक्षर दुरुपयोग गरी सरकारले सामाजिक सञ्जाल (फेसबुक) बन्द गर्ने भनी गरिएको प्रचार पूर्ण रुपमा असत्य हो ।

मन्त्रालयले फेसबुक बन्द गर्ने कुनै पनि नीति सरकारको नरहेको बताईसकेको छ ।

तर, फोटोसप लगायत केही सफ्टवेयरको प्रयोगमा सरकारी लेटरप्याड दुरुपयोग गरेर उक्त हल्ला भने फिजाईएको हो ।

यस्तो कार्य गर्नेलाई विद्युतिय कारोबार ऐन अन्तर्गत कारबाही हुने गर्दछ । तर, त्यस्तो व्यक्तिको पहिचान गर्न नसक्दा यस्ता काम पटक पटक हुँदै आएका छन् ।
सरकारी कागजात दुरुपयोग गरेर फेसबुक बन्द सम्बन्धी गरिएको प्रचार पत्र ।

प्रकाशित मिति: September 03, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |