को हुन् थापा ? किन मारियो उनको फर्ममा छापा !
भदौ २१ । नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाको 'ल फर्म'मा राजश्व अनुसन्धान विभागले शुक्रबार दिउँसो छापा मारेको छ । विभागले छापा मार्ने क्रममा थापाको फर्ममा रहेका ल्यापटप, सिपीयू र दुई थान भ्याट बील कब्जामा लिएको छ ।
पुतलीसडकमा रहेको थापाको ल फर्म लिगल एडभाईजर फोरममा छापा मार्नका लागि उपसचिव खिम कुँवरको नेतृत्वमा पाँच कर्मचारीका साथै सशस्त्र प्रहरी समेत खटाइएको थियो ।
विभागको टोलिले थापाको फर्मसहित दुई ल फर्म, दुई इन्जिनियरिङ कन्सल्ट्यान्सी, एक चार्टर्ड अकाउन्टेन्ड कन्ल्ट्यान्सी र एउटा डाक्टरको क्लिनिकमा छापा मारेको जनाइएको छ ।
को हुन् त थापा ? किन मारियो छापा ?
अन्तरिम संविधानका मस्यौदाकार समेत रहेका थापा नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष समेत रहेकाले कानुन व्यवसायी माझ झनै प्रख्यात नहुने कुरै रहेन । उनलाई निक्कै महंगा वकिल मानिन्छ । त्यसो त उनको हाईफाई पनि महंगै छ भने गाडी समेत महंगै चढ्छन् उनी ।
कुनै बेला नेकपा एमालेको झण्डा सूर्यको मुनि निर्वाचनमा उठेका उनी पछिल्लो समय भने एमालेको समेत विरोधी मानिन्छन् । उनै थापाले वर्तमान अन्तरिम चुनावी मन्त्री परिषदको सबैभन्दा बढी विरोध गरेका थिए भने अहिलेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष लोकमानसिंह कार्कीको विरोधमा परेको मुद्धा उनी लगायतले नै हेरेका थिए ।
राजनीतिक वृत्तमा उनको ल फर्म छापाका विषयलाई कर छलिको विषयको अनुसन्धान भनेर मात्रै पनि चर्चा गरिएको भने छैन । वर्तमान सरकार गैरकानुनी तवरले बनेको भनेर विरोधीका रुपमा उत्रिएको र लोकमानसिंह कार्कीको समेत चर्को विरोध गरेका उनलाई कतै सोही विषयले त पिरलेको होइन भनेर समेत चर्चा गरिन थालिएको छ ।
त्यसो त एक राष्ट्रिय दैनिकका पत्रकारले आफ्नो फेसबुक वालमा होटल अन्नपूर्णमा ०६२/०६३ का केही अभियान्तलाई नियतबस ‘ठीक’ लगाउने योजना बनेको र यसको कार्यान्वयन बरिष्ठ अधिवक्ता शम्भू थापाको पुतलीसडकस्थित ल फर्ममा छापा मारेर सुरु भएको छ भनेर लेखेका छन् । उक्त स्टाटसको अगाडी लेखिएको छ- 'मैले पाएको जानकारीसम्म अझै केही पात्र नियतबस ठीक लगाइने सूचीमा छन । सुरुवात थापाबाट भयो । पेशा पारदर्शी हुनुपर्छ यसमा बिवाद छैन । राज्यप्रति सवै नागरिकको समान दायित्व छ र जिम्मेवारी पनि यो पूरा गर्नुपर्छ । गलत क्रिा्याकलाप भएकै भए न्यायिक छानविन हुनुपर्छ । तर, ठेगान लगाउने उद्देश्यले हैन सवैलाई समान व्यवहार गरिनुपर्छ । किनकी थापाभन्दा धेरै कारोवार गर्ने फर्मका मालिक त्यो लिष्टमा छैनन् । अहिलेलाई यत्ति ।'
थापाको फर्मको छापा आज राजश्व अनुसन्धान विभागले गरेको हो । तर थापाले नियुक्तीका क्रममा निक्कै विरोध गरेका लोकमानसिंह भने छुट्टै निकाय अख्तियारमा छन् । तर अख्तियार समेतको भित्रि दबाबमा शम्भुको फर्ममा छापा मारेको भनेर समेत चर्चा गरिन थालिएको छ ।
यता, आफ्नो फर्ममा छापा मारेपछि थापाले भने राजनीतिक प्रतिसोधका आधारमा छापा मारिएको प्रतिक्रिया दिएका छन् । संविधान र ऐन अनुसार विभागले ल फर्ममा छापा मार्ने काम गर्न नसक्ने समेत उनले बताएका छन् । तस्वीर सौजन्यः विक्लिनेपाल

प्रकाशित मिति:
September 06, 2013